लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित

Post Thumbnail

भाद्र ६,सोलुखुम्बु। सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् ।

अलैँचीमा करिब ४ वर्षदेखि छिर्केफुर्के रोगका कारण बोट नै मासिन थालेपछि कृषकहरुले किवि लगाउन थलेको स्थानीय दीपबहादुर बस्नेतले बताए। एक समय धान खेतमा अलैँची खती गरेका कृषकहरु रोग तथा किराले बिरुवा नै मर्न थालेपछि वैकल्पिक खेतीमा लागेको वडा नम्बर २ का वडाध्यक्ष रमेश बस्नेतले जानकारी दिए ।

अलैँचीमा निर्भर रहेका कृषकलाई गाउँपालिकाले समेत वैकल्पिक खेतीको रुपमा किवि लगाउन सुझाव दिएको गाउँपालिका प्रमुृख डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । किवि खेती गर्न चहाने कृषकलाई प्रतिब्याक्ति १० बोटका दरले किविको विरुवा वितरण गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस