श्रीकृष्ण जन्माष्टमी : प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र ६, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ सरकारले र गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देशसहित कृष्ण जन्माष्टमी पर्व मनाउन प्रदेश २ मा सार्वजनिक बिदा घोषणा गरेको जानकारी गराएका हुन।

यस्तै, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गरी ‘गौरा पर्व’ का अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत दिएको छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस