गगन थापाले भने- ‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ २५, सोमबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर कसैको आवाज नदबाउन आग्रह गरेका हुन् ।

‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनु्भएको छ । मान्छे कति छन् नगन्नुस्, कति टाउको छ नहेर्नुस्, सदनको टाउको पनि नगन्नुस्’ उनले भने ‘म प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छु ।’

सांसद थापाले डा. गोविन्द केसीलाई चिन्न पनि आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस