भाद्र ८, काठमाडौँ । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो गण्डकी प्रदेश पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको लक्ष्य छ । तर आन्तरिक पर्यटन वर्षको ६ महिना बित्दापनि कुनै पर्यटन मन्त्रालयले कुनै ठोस योजना ल्याएको छैन ।
नेपाल भ्रमण वर्ष संघीय सरकारकै लक्ष्य भएपनि अहिलेसम्म प्रदेश सरकारसँग कुनै सहकार्य नरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयले जनाएको छ । सरकार नीतिमै अल्झिएको छ । न प्रचार गरेको छ त न पूर्वाधारमै ध्यान दिएको छ ।