प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ।

मिर्गाैला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

ताजा अपडेट

खोजी गर्नुहोस