भाद्र १०, काठमाडौं । अभिनेता शिव श्रेष्ठ र प्रदीप खड्का नयाँ चलचित्र ‘प्रेमगीत ३’ को गायकसमेत बनेका छन्।
यो फिल्मको शीर्ष गीतको गायकमा यी दुई अभिनेता पनि छन्। हिट चलचित्र प्रेमगीतको तेस्रो सिक्वेलको रुपमा ‘प्रेमगीत ३’ निर्माण हुँदैछ ।
फिल्मको शीर्ष गीतमा आफूहरु पनि गायकको रुपमा रहेको अभिनेता प्रदीप खड्काले बताएका छन्।
शिव श्रेष्ठले पनि फिल्ममा गीत गाउँदा निकै रमाइलो भएको अनभव भएको बताए।