स्विडेनका प्रशिक्षक भन्छन – ‘इंग्ल्यान्ड बलियो र व्यवस्थित छ, त्यसकारण उपाधीको हकदार छ’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २५, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । विश्वकप २०१८ को क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विडेनलाई २-० ले हराउंदै सेमिफाइनलमा क्रोएसियासंग भेट पक्का गरेको हो । सन् १९९० पछि इंग्ल्यान्ड पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो ।

स्विडेनका प्रशिक्षक जाने एन्डरसन पनि इंग्ल्यान्डको प्रदर्शनलाई लिएर सकारात्मक थिए । ” हो, इंग्ल्यान्डले यस पटकको विश्वकप जित्न सक्छ । इंग्ल्यान्ड बलियो र व्यवस्थित छ । इंग्ल्यान्डको खेलाडी र प्रशिक्षक त्यस आदरको हकदार पनि छन् ,” उनले बताए ।

एन्डरसनले थप विश्लेषण गर्दै भने, “उनीहरु राम्रो फुटबल खेल्ने टोली हुन् । उनीहरुले विपक्षीहरुलाई खासै अवसर पनि दिंदैनन् ।” विश्वकप छनोटमा इटालीलाई पराजित गर्दै आएको स्विडेन जर्मनी रहेको समूह ‘एफ’ मा विजेता रहन सफल रह्यो ।
इंग्ल्यान्डसंग क्वाटरफाइनलमा पराजित हुन अघि स्विडेनले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई पराजित गरेको थियो । इंग्ल्यान्ड र क्रोएसियाको सेमिफाइनल खेल जुलाई ११ मा नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस