प्रियंकाले पाइन् अर्को हलिउड फिल्म

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । क्वाटीको र वेवाच जस्ता टिभी सिरिज र फिल्ममा अभिनय गरेर हलिउडमा पहिचान बनाइसकेकी बलिउड नायिका प्रियंका चोपडालाई फेरि नयाँ हलिउड फिल्म मिलेको छ।

खबरअनुसार उनी बालबालिकाका लागि बन्न लागेको फिल्म वि क्यान वि सुपरहिरोमा देखिँदै छिन्।

यो फिल्म रबर्ट राड्रिग्सले निर्देशन गर्न लागिरहेका छन्। यसभन्दा अघि उनले सिन सिटी, स्पाई किड्स, एलिटा ब्याटल एन्जिल जस्ता चर्चित फिल्म निर्देशन गरेका छन्।

एलियन्सले सबै सुपरहिरोहरूको अपहरण गर्दा दुनियाँ बचाउन कदम उठाउने बालबालिकाका समूहको कथा बोकेको फिल्ममा प्रियंकाका साथ क्रिस्टिन स्लाटर, क्रिस्टोफर म्याकक्डोनाल्डलगायत प्रमुख भूमिकामा रहेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस