प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ ।

बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस थालिएको छ ।

हालसम्म उनको शुक्रबार र आइतबार गरी दुई पटक प्लाज्माफेरेसिस भइसकेको छ ।

मंगलबार फेरि गरिदैँ छ । यस अघि साउन १८ देखि २७ गतेसम्म सोही अस्पतालमा प्रधानमन्त्रीको परीक्षणसँगै विभिन्न औषधिसमेत चलाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस