मोटरसाईकल दुर्घटना : धादिङका दुई पत्रकार अर्याल र थापा घाईते

Post Thumbnail

भाद्र ११,धादिङ । सौर्य दैनिकका धादिङ संवाददाता विवेक अर्याल मोटसाईकल दुर्घटनामा परी घाईते भएका छन् ।
समाचार संकलनको क्रममा सिद्धलेक ४ आरुवासटार स्थित् आफ्नै घरवाट गजुरी गाँउपालिका स्थित पिडातर्फ जाने क्रममा पत्रकार अर्याल मोटसाईकल दुर्घटनामा परेका हुन् ।

गजुरी गाँउपालिका स्थित पिडाको विभिन्न स्थानमा अबैध ढंगले खेती गरिएको भनिएको गाँजाको धादिङ प्रहरीद्धारा फडानी सम्बन्धी समाचार संकलनको लागी जाँदै गर्दा बुधवार बिहान साँढे ९ बजे पत्रकार अर्याल सवार बा ३४ प ४९६१ नं.को एफजेट मोटरसाईकल आरुवासटार र मलेखु जोड्ने झोलुङ्गे पुलमा ब्रेक फेल भई अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

दुर्घटनामा पत्रकार अर्यालसंगै अनलाईन धादिङ डट्कम् तथा नेपाल फोटो पत्रकार संघ धादिङका जिल्ला सदस्य शुसील थापा समेत घाईते भएका छन् ।

दुर्घटनामा परी पत्रकार अर्यालको नाक, मुख, ओठ र हातको पाखुरा घुंडा तथा कम्मरमा चोट लागेको छ भने अर्का पत्रकार थापाको हात, च्यापु र खुट्टामा सामान्य चोट लागेको छ ।

पत्रकार अर्याल र थापाको अहिले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा सामान्य उपचार पश्चात घर पठाइएको उपचारमा संलग्न डाक्टर केशव मकाजुले जानकारी दिए ।
डाक्टर मकाजुका अनुसार पत्रकार अर्याल र थापाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सौर्य राष्ट्रिय दैनिकसंग आबद्ध रहेका तथा नेपाल पत्रकार महासंघ धादिङ नेपाल फोटो पत्रकार संघ धादिङका सदस्य समेत रहेका पत्रकार अर्याल धादिङवाट संचालित न्युज धादिङ डट् कममा प्रधान सम्पादक, अनलाईन धादिङ डट्कमका सम्पादक तथा रेडियो धादिङसँग समेत आबद्ध छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस