कवि वसन्त चौधरीको विश्व–काव्ययात्रा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । कवि वसन्त चौधरीले आफ्नो विश्व–काव्ययात्राको दोस्रो चरण आरम्भ गर्ने भएका छन्।

आफ्ना एकल कवितावाचनका माध्यमले प्रवासमा बस्ने नेपालीमाझ पुगेर उनीहरूबीच नेपाली भाषा, साहित्य र संस्कृतिको प्रचार गर्र्दै नयाँ पुस्तामा यी फाँटहरूप्रति अभिरुचिसँगसँगै जागरण समेत सञ्चार गर्ने उद्देश्यले सन् २०१२ मा अमेरिकाको न्युयोर्क सहरबाट आफ्नो विश्व–काव्ययात्राको थालनी गरेका थिए कवि चौधरीले।

यस क्रममा अमेरिकाकै विभिन्न ६ वटा सहरमा सात पटक, बेलायत, दुबई, भारतको सिक्किम, हङकङ, सिंगापुर, जापानको टोकियो, अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा एक–एक पटक गरी उनको यस विश्व काव्ययात्राका १७औं शृंखला सम्पन्न भइसकेका छन्।

यसबाहेक देशभित्र पनि उनले काठमाडौं, पोखरा र रूपन्देहीलगायत सहरका विभिन्न ठाउँमा एकल कवितावाचन गरिसकेका छन्। यो उनको पहिलो चरणको विश्व–काव्ययात्रा थियो।

ताजा अपडेट

खोजी गर्नुहोस