एमाले अध्यक्ष ओलीको तिप्पणी : ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३,काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् ।
एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई पार्टीको एकता दमनकारी नभएको बताए । उनले भने, शासन गर्न होइन, जनताको सेवा गर्न हो । दमनकारी हुन होइन, विकासकारी हुन हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस