गृह मन्त्रालयले गर्यो ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (सुचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १२, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् ।

ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ । मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् । त्यस्तै काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस