डेंगु सरकारको नियन्त्रणबाहिर, स्वास्थ्य मन्त्रालय भन्छ: हामी एक्लैले नियन्त्रण गर्न सकेनौं

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३, काठमाडौं । प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ। डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि आमनागरिकसमक्ष आग्रह गरेको छ।

डेंगुको प्रकोप यसरी बढिरहेको छ कि पछिल्लो ४० दिनको अवधिमा १ हजार ५३७ जना यसबाट प्रभावित भएका छन्।

२०७०/७१ मा ३ सय २ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ४० दिनमा १ हजार ५३७ जना यसबाट प्रभावित भइसकेका छन्।

४० दिनको अवधिमा प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ५६३ डेंगुका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस