क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन ऐन पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३, काठमाडौं । नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित (क्लिन फिड) बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित भएको छ।

विधेयक पारित भएसँगै मुलुकको राजस्व वृद्धि र रोजगारीका लागि क्षेत्र विस्तार भएको छ। उपभोक्तसँग ठूलो मात्रामा शुल्क लिएर विदेशी च्यानल वितरण गर्दै आएका सेवा प्रदायकहरूलाई नियमन गर्न आएको कानुनको सबैतिरबाट स्वागत भएको छ।

विधेयकमा क्लिन फिडको व्यवस्था गर्दा सबै किसिमका विज्ञापन स्वदेशी सञ्चारमाध्यमबाट प्रसारण गरी स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न मद्दत पुग्नेछ।

यसअघि सरकारले २०७३ मा नै क्लिन फिडको नीति ल्याए पनि सेवा प्रदायक कम्पनीहरूको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन।

विधेयक पारित भएपछि विज्ञापनका माध्यमबाट राजस्व र रोजगारीमा वृद्धि गरी विदेशी च्यानलको नाममा ठूलो मात्रामा हुने विदेशी मुद्राको बहिर्गमनलाई घटाउने विश्वास लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस