अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय ! राजनीतिक,सांगठनिक तथा आर्थिक उपसमिति गठन

भाद्र १३,काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।

एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहने निर्णय गरेको छ । संगठनले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीसहित यस्तो निर्णय गरेको हो । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम (All Nepal National lndependent StudentsÚ Union) रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति रहेको छ । जसमा संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र सदस्य–पञ्चा सिंह रहेका छन । यता विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ, सदस्यमा सुदेश पराजुली,सुनिता वराल,  समिक वडाल रहेका छन । उता आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी सदस्यमा आरसी लामिछाने , झपिन्द्र खत्री र केशव रावल रहेका छन ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको हो । आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply