लोकेन्द्रबहादुर चन्दको अंग्रेजी कवितासंग्रह सार्वजनिक

भाद्र १३, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको अंग्रेजी कवितासंग्रह ‘स्प्रीङ एन्ड एडेप्ट डाइरेक्टर’ सार्वजनिक भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले संयुक्तरुपमा कवितासंग्रह विमोचन गरेका हुन् ।

कवितासंग्रहमा ९८ ओटा कविता र दुईओटा गजल समावेश गरिएका छन् ।

कार्यक्रमका वक्ताहरुले अंग्रेजी कवितासंग्रह चन्दको राजनीतिक पृष्ठभूमिभन्दा फरक साहित्य सिर्जना भएको भन्दै हरेक राजनीतिक नेताले साहित्य सिर्जनामार्फत् योगदान गर्नुपर्नेमा जोड दिए ।

संम्बन्धित समचार

Leave a Reply