मुख्य फरवार्ड गुमाएकाे पीएसजीको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १४, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

मुख्य खेलाडीबिना मैदान उत्रिएको पीएसजीले मेट्जलाई २–० गोल अन्तरले हराएको हो । शुक्रबार राति भएको खेलमा पीएसजीलाई जिताउन एन्जल डी मारिया र चोपो मोटिङले समान १–१ गोल गरे ।

पीएसजी मुख्य फरवार्डद्वय केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै मैदान उत्रिएको थियो । दुवैले चोटका कारण लामो समय मैदान बाहिर बिताउनुपर्नेछ । अर्का फरवार्ड नेयमार बार्सिलोनासंग अनुबन्धनको नजिक छन् । उनी सेप्टेम्बर २ अगाडीनै बार्सिलोना पुग्ने बताईएको छ ।

खेलको ११ औ मिनेटमा डी मारियाको पेनाल्टी गोलबाट पीएसजीले अग्रता बनाएको थियो । ४३ औ मिनेटमा मोटिङले हेडमार्फत दोस्रो गोल थपे । मार्को भेराट्टीले फ्रिकिकमार्फत उपलब्ध गराएको बलमा उनले गोल गरेका थिए ।

पीएसजी ४ खेलबाट ९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मेट्जको ४ खेलबाट मात्र ४ अंक छ । उ तालिकाको १३ औ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस