युरोपा लिग ‘ड्र’ : युनाईटेड र आर्सनल सहज समूहमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १४, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १४, काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको सहज समूहमा परेको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार सार्वजनिक गरेको समूह चरणको ‘ड्र’ मा युनाइटेड र आर्सनल सहज समूहमा परेको हो ।

‘ड्र’ अनुसार युनाइटेड समूह ‘एल’ मा परेको छ । यस समूहमा युनाइटेडसँगै काजकिस्तानको एफके अस्टाना, सर्बियाका एफके पर्तीजन र नेदरल्याण्डका एजे अल्क्मार रहेका छन् ।

यस्तै आर्सनल समूह ‘एफ’ मा परेको छ । आर्सनलको समूहमा जर्मनीका फ्रान्कफर्ट, बेल्जियमका स्टानडर्ट लिगे र पोर्चुगलका भिक्टोरिया रहेका छन् ।

त्यस्तै इटालियन क्लब रोमा समूह ‘जे’ र स्पेनिस क्लब सेभिया समूह ‘ए’ मा रहेको छ ।

युईएफएले ४८ क्लबलाई १२ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस