असार २७,काठमाडौँ । नेपाल विद्यार्थी संघको विवाद चरम उत्कर्षमा पुगको छ । सभापति नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुले बुधबार अधिबेनको घोषणा गरेका छन् ।
केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बुधबार बाल्मीकी विद्यापीठमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो ।
जम्मा केन्द्रीय सदस्यहरुको ८७ जनाको उपस्थितिमा भएको बैठकबाट अधिबेशन घोषणा गरिएको केन्द्रीइ सदस्य अनिलबहादुर शाहीले बताए ।
बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
बैठकबाट महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ ।
बैठकमा महामन्त्री कुन्दनराज काफ्ले,उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीको उपस्थिति थियो ।
यस्ता छन् बैठकका निर्णयः