एभरेष्ट इनोभेटिभ कलेजद्धारा आफ्ना नयाँ विद्यार्थीहरुको लागी स्वागत कार्यक्रम

Post Thumbnail

भाद्र १६,काठमाडौँ । राजधानीको सोल्टीमोडमा रहेको एभरेष्ट इनोभेटिभ कलेजले आफ्ना नयाँ विद्यार्थीहरुको लागी स्वागत कार्यक्रम गरेको छ । आईतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा देशभरबाट उच्च माध्यामिक शिक्षा पढ्नको लागी आएका विद्यार्थीलाई कलेजको नियमसंगै जिवनमा सफलता प्राप्त गर्न अध्ययनमा अनुशासित भएर लाग्न उत्प्रेरण प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजको निति,अनुशासनका विषयका विषयमा प्रधानध्यापक हरी प्रसाद काफ्लेले प्रष्ट पारेका थिए ।

कार्यक्रममा युवा हास्य कलाकार राजा राजेन्द्रले आफ्ना प्रस्तुती दिएका थिए । कार्यक्रममा अन्य विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरी नयाँ विद्यार्थीलाई थप हौसला प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस