रिचार्ज कार्ड घुस ! ट्राफिकमाथि मुद्दा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १६,काठमाडौँ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपियाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको दाबीसहित दुई ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ ।

आयोगले दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । सजाय माग गरिएकोमा ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरीजवान हरिचन्द्र बानियाँ छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सवारीसाधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने टिप्परबाट उहाँहरू दुवैले दुई हजार रुपियाँ घुसबापत लिएको दाबी गरे। उनले अनुसन्धानका क्रममा बानियाँबाट आयोगको टोलीले दुई हजार ९०० रुपियाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड र मानन्धरबाट घुसबापतको रुपियाँसहित एक हजार २०० रुपियाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस