चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि काठमाडौं आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र १६,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।

राष्ट्रपतिको सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।

यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले सन् २०१२ मा नेपाल भ्रमण गरेका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टा काठमाडौमा रहेका थिए ।

स्रोत:रातोपाटी

ताजा अपडेट

खोजी गर्नुहोस