१२ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पासवर्ड’

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ भाद्र १६, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको फिल्म ‘पासवर्ड’ यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेत निर्देशित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत गर्न अहिले निर्माण टिमले विशेष तयारी सुरु गरेको छ । फिल्ममा उनको नृत्यसँगै अभिनय पनि रहेको छ ।
यो फिल्म नेपाल प्रदर्शनको एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० देखि फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने छ । अहिले यो फिल्मको निर्माण टिम देशको विभिन्न स्थानमा प्रचार प्रसारका लागि गएको बुझिएको छ ।

यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ । एक्सन-लभस्टोेरी फिल्ममा सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।
निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्ने विश्वास निर्माण टिमलाई छ ।

https://youtu.be/YhLZUCtn7Ls

ताजा अपडेट

खोजी गर्नुहोस