काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालले प्रदेश ३ मा पार्टी समायोजन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार ललितपुरको किराँत याक्थुम चुम्लुङ हलमा सम्पन्न समायोजन कार्यक्रमबाट प्रदेश ३ को अध्यक्षमा सोनामसिंह स्याङतान चयन भएका छन् । धादिङका राजु नेपाल प्रदेश उपाध्यक्ष पदमा चयन भएका छन् । स्याङतानको संयोजकत्वमा ९९ सदस्यि प्रदेश कमिटि गठन भएको प्रदेश कमिटि उपाध्यक्ष राजु नेपालले जानकारी दिए ।
प्रदेश सदस्यमा धादिङका गोपाल तिवारी, इन्द्र सिलवाल र तारालाल धरेल लगायत ९९ सय जना चयन भएका छन् ।
त्यसैगरी समाजवादी पार्टीले तामसालिङ राष्ट्रिय समिति, शेर्पालुंग राष्ट्रिय समन्वय समिति, शिल्पी विशेष प्रदेश समिति, समाजवादी तामाङ संघ र समाजवादी नेवा: संघको पनि घोषणा गरिएको छ ।
तामसालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्ष्ण घलान, मुख्य सचिवमा पूर्व सांसद वीर बहादुर तामाङ र सदस्यहरुमा सन्तोष बराकोटी, राम ढकाल, नन्द काप्री, दिनेश भण्डारी र निकिता तामाङ लगायत चयन भएका छन् ।