टान निर्वाचन-२०७६ : यसकारण एजेण्डायुक्त ‘अञ्जान थापा प्यानल’लाई मतदान

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ भाद्र १७, मंगलबार (५ साल अघि)
  • ९० पटक पढिएको
Post Thumbnail

भाद्र १७,काठमाडौँ ।  यतिबेला ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको चुनावी माहोल गर्मिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठनको तर्फबाट कुमार थापा नेतृत्वको प्यानल र काङ्ग्रेस निकट संगठनले खुम सुवेदी नेतृत्वको अर्को प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन।  अञ्जान थापा (कुमार) । दरबारमार्गको यो भव्य चारतारे होटलका सञ्चालक हुन् उनी ।

ठूला व्यवसायीहरु अधिकांश घरना अर्थात् विरासतवाला भेटिन्छन् । तर, कुमार विरासतवाला होइन् । उनी भुइँबाट माथि उठेका व्यवसायी हुन् । कसैले तयार पारेको ‘रेडिमेड’ मञ्चमा ‘बिराजमान’ भएका होइनन् उनी आफैले मञ्च तयार पारेका हुन् ।उनि आफै भन्ने गर्छन ,‘म धुलोबाट उठेको मान्छे हुँ ।’

थापा धादिङको दुर्गम गाउँमा सामान्य परिवारमा जन्मिए । उनी त्यही हुर्के, बढे र पढे । समस्या र अप्ठ्यारा अनेक थिए । तर सपना भने सुन्दर थियो । भन्छन्, ‘त्यही मिठो सपनाले ठेलिएर ट्रेकिङ क्षेत्रमा भरियाको काम शुरु गरें ।’ थापाले भरियाको रुपमा नेपालका धेरै स्थानहरु पुगें । उनी देश घुमे । भूगोललाई बुझें । भन्छन्, ‘फर्केर हेर्दा त्यो मेरो समय मेरो जीन्दगीका लागि असाध्यै सुन्दर र महत्वपूर्ण थियो ।’

भरियाको रुपमा काम गर्दा उनले जीन्दगीको दुःख भोगे । सम्भावनाहरुलाई चिने । पर्यटन क्षेत्रमा २०५४ सालदेखि निरन्तर क्रियाशिल रहे । त्यही संघर्षको कारण उनी आधा दर्जन बढी ठूला व्यवसायका मालिक छन् । भन्छन्, ‘संघर्षले मलाई धेरै सिकायो ।’

उडल्याण्ड थापाले असाही ट्रेक्स एन्ड एक्सपेडिसन, हिमालयन इन्टरनेशनल योगा एकेडेमी, व्युटिफूल काठमाडौं होटल, ट्रस्ट एण्ड केयर मन्टेश्वरी स्कुल र अदृष्य फाउण्डेसन नेपाल पनि सञ्चालन गरेका छन् । भरियाबाट यात्रा शुरु गरेर यति छोटो समयमा कसरी यो सम्भव भयो ? ‘सपना, समर्पण र सक्रियताले,’ उडल्याण्डको स्वीमिङ्ग पुल अघि उभिएर मुस्कुराउँदै उनले भने, ‘निष्ठा र समपर्णका साथ काम गरियो भने जुनसुकै क्षेत्रमा सफलता सम्भव छ ।’

जुनसुकै क्षेत्रमा पनि समर्पण र इमानका साथ काम गरे सफल हुने उनको बुझाई छ । त्यसो त उनी व्यवसायसँगै बिभिन्न अभियानमा पनि उत्तिकै क्रियाशिल छन् । व्यवसायीको संगठनदेखि सामाजिक अभियानमा पनि उनी सामेल छन् । यही भदौ २० मा सम्पन्न हुने ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को उम्मेद्वार छन् ।

पर्यटन क्षेत्रमा आर्जन गरेका ज्ञान र अनुभवलाई संस्थागत र संगठित रुपमा प्रयोग गर्ने उद्देश्यले आफू उम्मेद्वार बनेको उनको भनाई छ । उनले भने, ‘मैले जीन्दगीका सबै उर्बर समय यही क्षेत्रमा बिताएँ । भरियादेखि सञ्चालकसम्मको यात्रामा धेरै ज्ञान र अनुभव आर्जन गरेको छु । त्यसलाई म सामुहिक भलाईको निम्ति प्रयोग गर्न चाहन्छु ।’

नेपाल बाहेक संसारका बिभिन्न मुलुकका ट्रेकिङका अनुभव आफूले गरेको र त्यसलाई टानमा प्रयोग गर्ने उनले बताए । भने, ‘नेपालका करीब ६० वटा जिल्ला र विश्वका करीब ५० बढी देशको भ्रमण गरेको छु । पर्यटन प्रबर्धनकै लागि युरोप र अमेरिकाका बिभिन्न राज्यहरुको भ्रमण गरेको छु ।’ टानको अघिल्लो कार्य समितिमा कोषाध्यक्षको जिम्मेवारीमा पनि थिए उनी । कोषाध्यक्षको रुपमा आफूले धेरै सुधारका काम गरेको उनको दाबी छ । भन्छन्, ‘त्यो बेला मैले धेरै सम्भावनाहरु देखेको छु । मुल नेतृत्वमा भए त्यसलाई सहज रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।

टानको अध्यक्षका प्रत्यासी कुमारको एजेण्डा यस्तो छ

थापाले पर्यटन सेवा संघको पूर्व उपाध्यक्ष र नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाली सकेका छन् । उनको कुशल नेतृत्व गर्ने क्षमता देखेर नै टानमा अध्यक्षको उम्मेद्वार बनेको व्यवसायी तथा यो क्षेत्रका अगुवा राजेन्द्र सापकोटा बताउँछन् । थापा र उनको समूहको नारा ‘गुणस्तरीय सहासिक तथा पर्वतिय पर्यटन व्यवसाय विकासको लागि राजनीतिक हस्तक्षेपमुक्त व्यवसायिक टान’ छ ।

यो निर्वाचन लगत्तै टानको प्रदेशमा संगठन विस्तार गरिने उनको भनाई छ । उनले भने, ‘केन्द्रीय स्तरमा महासंघीय पद्धति अनुसार टानलाई आम पर्वतिय पदयात्रा पर्यटन व्यवसायीहरुको राष्ट्रिय छाता संगठनको रुपमा विकास गरी यसको संस्थागत विकास, सुदृढिकरण र स्थायित्वको लागि परिस्कृत व्यवस्थापन प्रणाली सहित सक्षम, श्रोत साधन सम्पन्न, गरिमामयी संस्थाको सचिवालयलाई व्यवस्थित ढंगले संचालन गरिने छ ।’

हाल सहासिक पदयात्रा पर्यटन व्यवसायका गतिविधिहरु संचालनको प्रमुख केन्द्रको रुपमा रहेको देशको कतिपय गन्तव्यहलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी सामान्य पदयात्रा क्षेत्रको रुपमा घोषणा गर्नको लागि पहल उनको योजना छ । भन्छन्, ‘सुदुर पूर्वमा कञ्चनजंगा, टिपताला, नाङ्गपाला, लामावगर, मनास्लु, माथिल्लो मुस्तांग, डोल्पा, हुम्ला लगायतका क्षेत्रहरु अझै पनि नेपाल सरकारको नियन्त्रित क्षेत्रको रुपमा रहेको र विशेष अनुमति लिएर मात्र पदयात्रा कार्यक्रमहरु संचालन गर्नु पर्ने अवस्था छ । सम्बन्धित निकायहरुसँग समन्वय गरी सामान्य पदयात्रा क्षेत्रको रुपमा घोषणको लागि पहल हुनेछ ।’

सुविधा सम्पन्न पर्यटन अस्पताल अर्को उनको योजना हो । उनले भने, ‘सरकार र दातृ निकायहरुको समेत लगानीमा काठमाडौं वा वरिपरिका कुनै पनि क्षेत्रमा चिकित्सकिय अनुसन्धान र अत्याधुनिक सुविधा सहितको गुणस्तरीय पर्यटन अस्पताल स्थापना र संचालनको लागि संचालन कार्य विधि सहित कार्य थालनी गरिने छ ।’ पदयात्रा संचालनका उच्च जोखिम गन्तव्यहरु जस्तै शेर्पेनीकोल, गोञ्जालापास, आम्पूलाप्चा, टाशीलाप्चा, लार्केला जस्ता क्षेत्रहरुको मार्ग लाई सहज र सुरक्षित बनाउनको लागि भौतिक पूर्वाधार निर्माण र अन्य वैकल्पिक उपायहरुको समेत व्यवस्थापन गरिने उनको भनाई छ ।

“गुणस्तरीय सहासिक तथा पर्वतिय पर्यटन व्यवसाय विकासको लागि
राजनीतिक हस्तक्षेपमुक्त व्यवसायिक टान”

रुपान्तरित टान निर्माणको लागि प्रतिवद्धता पत्र

साहासिक पर्वतीय पर्यटन व्यवसायमा व्याप्त विद्यमान अवस्थिति र वेथितिका कारणले नेपालको पदयात्राको भविष्य जटिल बन्दै गएको कुरा हामी सबैलाई जानकारी भएकै हो । समयको रुपान्तरण र प्रविधिको विकाससँगै सहासिक र पर्वतीय पर्यटनको क्षेत्रले पनि यथोचित विकास र रुपान्तरित हुँदै जानु पर्नेमा व्यवसायमा व्याप्त विश्रृंखलता, अपारदर्शिता, व्याप्त भ्रष्टाचार, पूराना र समयसापेक्षरुपमा संशोधन हुन नसकेका ऐन, कानून, नियमावली र पर्यटन नीति, व्यवसायीहरुकै बीचमा भएको अस्वस्थ प्रतिस्ष्पर्धालगायत गैरकानूनी व्यवसायिक गतिविधि आदि कारणले यो व्यवसाय परिस्कृत हुन सकेको छैन ।

बरु धरासायी हुन पुगेको मात्र छैन आज भन्दा पचासौं वर्ष अगाडिको तुलनामा मूल्यको स्तरीयता र सेवा गुणस्तरीयतामा वृद्धि हुनको अलवा घट्दो रुपमा रहनुले पनि हामी हाम्रो व्यवसायलाई कतातिर लैजादैछौं भन्ने प्रष्ट हुन्छ ।

यस कारणले पनि अबको दिनमा हाम्रो व्यवसायको गुणस्तरीयता साथै व्यवसायको विकास, विस्तार र बजारीकरणमा समेत आधुनिकीकरण गर्दै यसको माध्यमबाट राष्ट्रिय पूँजी विकासमा थप योगदान दिनको लागि नयाँ सोंचका साथ सबै व्यवसायीहरु एकजुट हुनु आजको आवश्यकता हो ।

सरकारी निकायहरुसँगको सहकार्य, पर्यटन क्षेत्रका अन्य सरोकारवालाहरु र साझेदारसँग समेतको सहकार्य र समन्वयमा नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको संघीय शासन प्रणाली अनूरुप नेपालको साहसिक पर्वतीय पर्यटन व्यवसायको विस्तार र विकासमा लागि पर्दै सोही अनुरुप पदयात्रा व्यवसायको छाता संगठन ट्रेकिङ्ग एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान० को सांगठनिका संरचनाको समेत विकास र विस्तार गर्नु अपरिहार्य भएको छ ।

यस संस्थाको स्थापनाकालदेखि विगतका वर्षहरुमा नेतृन्व विकासमा व्यवसायका हाम्रा अग्रजहरुले दिएका योगदान र त्याग, उनीहरुको भूमिकाले स्थापित गरेका व्यावसायिक मूल्य र मान्यतालाई पछिल्लो वर्षहरुको केही निर्वाचित नेतृत्व र उनीहरुको भूमिकाले संस्थालाई व्यावसायिकीकरण भन्दा पनि बढी राजनीतिकरण तर्फका धकेली रहेको छ भन्नु अतियुक्ति नहोला ।

आजको आवश्यकता निश्चित व्यक्तिहरुको गलत राजनीतिक मनसाय सहित टानलाई आफ्नो निहित स्वार्थ पूरा गर्ने थलोको रुपमा प्रयोग गर्ने गलत अभिष्टलाई ठाडो चुनौति दिँदै राजनीतिविहीन स्वतन्त्र, निष्पक्ष र व्यवसायीहरुको साझा छाता संगठनको रुपमा व्यावसायिक टान निर्माण नै हो ।

यसकारण टानको आसन्न ४१ औ वार्षिक साधारण सभासँगै यही २०७६ भाद्र २० गते तदनुसार ६ सेप्टेम्वर २०१९ मा हुन गइरहेको नयाँ कार्य समितिको निर्वाचनको माध्यमबाट माध्यमबाट हरेकसहासिक पर्वतिय पर्यटन व्यवसायको विकास र विस्तार, व्यावसायिक मूल्य र मान्यताको स्थापना तथा व्यवसायसँग आवद्ध हरेक कामदार तथा ग्राहकहरुको हक, हित र अधिकार तथा सुरक्षाको लागि कार्य गर्ने सक्षम, निर्भयी, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक अनुभव भएका नेतृत्व चयन गर्नु पर्ने हुन्छ ।

हामीले विगतका थुप्रै निर्वाचनहरु सामना गरी सकेका छौं र हाम्रै पहल र सक्रियतामा विगतको निर्वाचनहरुमा सक्षम, कर्मठ, स्थापित र व्यावसायिक अनुभव भएका व्यवसायी मित्रहरुले नेतृत्व सम्हाली सकेका छन् ।

तसर्थ, यस ४१ औं साधारण सभाको सन्दर्भमा हुन लागेको टानको निर्वाचनमा पनि हामीले ‘गुणस्तरीय साहसिक तथा पर्वतीय पर्यटन व्यवसाय विकासको लागि राजनीतिक हस्तक्षेपमुक्त व्यवसायिक टान’ नारासहित आम व्यवसायीहरुको आग्रहलाई मध्यनजर गरी विगत लामो समयदेखि टानको सांगठानिक विकास र उत्थान तथा समग्र पर्यटन व्यवसायको प्रवद्र्धन, विकासलगायत पर्यटनको व्यावसायिक क्रियाकलापमार्फत राष्ट्रकै आर्थिक विकासको क्षेत्रमा योगदान पुर्‍याउँदै आइरहेको छ ।

तपाई व्यवसायीहरुसँगको सहकार्य र सहमति अनुरुप आगामी निर्वाचन कार्यक्रममार्फत नयाँ कार्यसमिति चयनको लागि हामीले यस पटक आम व्यवसायीहरुको माझमा सम्मानित, व्यवसाय प्रति प्रतिवद्ध, टानको सन् २०११-१३ कालको कोषाध्यक्ष जस्तो गरिमामय पदमा सफलतापूर्वक आफ्नो जिम्मेवारी सम्हाली सक्नु भएका सूपरिचित तथा पदयात्रा तथा पर्वतिय पर्यटन पेशामा लामो व्यावसायिक अनुभवका धनी व्यक्तित्व आसाही ट्रेक्स् एण्ड एक्सपिडिसन प्रा। लि। का प्रवन्ध निर्देशक श्री अन्जन थापा (कुमार) को अध्यक्षतामा १९ सदस्यीय कार्य समितिका उम्मेद्वारहरुलाई यहाँहरुको माझमा प्रस्तुत गरेका छौं । यस समूहले आगामी दिनमा टानमा नेतृत्व गर्ने क्रममा विविध क्षेत्रगत मुद्दा, समस्याहरुलाई सम्बोधन गरी तपसिल बमोजिमका कार्यक्रम तथा गतिविधिहरु संचालन गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

(क) नेपालको संविधान २०७२ अनुरुप देश संघीय शासन प्रणालीमा रुपान्तरित भइसकेको यस परिप्रेक्ष्यमा हाम्रो संस्थालाई पनि सोही अनुरुप संरचित र विकास गर्दै लैजानु पर्ने आजको आवश्यकतालाई देखिएको छ । आगामी दिनमा टानको उपस्थिति आवश्यकता अनुसार हरेक प्रदेशमा हुनुपर्ने कुरालाई मध्यनजर गरी सातै प्रदेशमा संगठन विस्तार गरिने छ ।

केन्द्रीयस्तरमा महासंघीय पद्धति अनुसार टानलाई आम पर्वतीय पदयात्रा पर्यटन व्यवसायीहरुको राष्ट्रिय छाता संगठनको रुपमा विकास गरी यसको संस्थागत विकास, सुदृढिकरण र स्थायित्वका लागि परिस्कृत व्यवस्थापन प्रणालीसहित सक्षम, श्रोत साधन सम्पन्न, गरिमामयी संस्थाको सचिवालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गरिने छ ।

(ख) नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत “सम्बृद्ध नेपाल र सुखी नेपाली” को नारासहित समग्र राष्ट्रको आर्थिक उन्नतिको कार्यक्रम ल्याएको मात्र हैन “पर्यटनको माध्यमबाट आर्थिक समृद्धि” को समेत कार्यक्रम तय गरेको छ ।

यस परिप्रेक्ष्यमा विद्यमान श्रोत र साधनहरुको प्रर्याप्ततालाई समेत मध्यनजर गरी आगामी दिनमा संस्थाको सदस्य कम्पनीहरुले सञ्चालन गरी रहेको व्यवसायको दिगोपनको लागि र सदस्य कम्पनीहरुसँगकै सहभागिता र सहकार्यमा साहसिक पर्वतीय पर्यटन व्यवसायको विकास, विस्तार र बजारीकरणमार्फत पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न लागि परिने छ ।

(ग) हाल साहसिक पदयात्रा पर्यटन व्यवसायका गतिविधिहरु संचालनको प्रमुख केन्द्रको रुपमा रहेको देशको कतिपय गन्तव्यहरु जस्तैः सुदुर पूर्वमा कञ्चनजंगा, टिपताला, नाङ्गपाला, लामावगर, मनास्लु, माथिल्लो मुस्तांग, डोल्पा, हुम्ला लगायतका क्षेत्रहरु अझै पनि नेपाल सरकारको नियन्त्रित क्षेत्रको रुपमा रहेको र विशेष अनुमति लिएर मात्र पदयात्रा कार्यक्रमहरु संचालन गर्नुपर्ने अवस्थालाई नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग लगायतका निकायहरुसँग समन्वय गरी सामान्य पदयात्रा क्षेत्रको रुपमा घोषणा गर्नको लागि आवश्यक पहल गरिने छ ।
(घ) सहासिक पदयात्रा व्यवसायलाई स्तरीय बनाउँदै नियमन गर्नको लागि टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) को पहलमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि जारी गरी पदयात्री सूचना व्यवस्थापन प्रणाली (Trekkers Information Management System – TIMS) सन् २००८ बाट नेपाल पर्यटन बोर्ड र टानको सहकार्यमा संचालनमा ल्याइरहेको छ ।

तथापि, विगतका कार्य समितिहरुले विकास र विस्तार गर्दै संचालनमा ल्याइएका पदयात्रा सूचना व्यवस्थापन प्रणाली वर्तमान अवस्थासम्ममा आइपुग्दा टानभित्रका केही आन्तरिक र केही वाह्य परिस्थिति तथा नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा देखिएको समन्वयात्मक भूमिकाको कमी तथा विद्यमान अवस्थामा टिम्स लागू भएका सम्बन्धित गन्तव्य क्षेत्रका स्थानीय सरकारको दाहोरो निर्णयको कारणले गर्दा टिम्सलाई अझ परिस्कृत बनाई प्रभावकारी कार्यान्वयनमा केही समस्या देखिएको छ ।

सदस्य कम्पनीहरुकै तर्फबाट यसको औचित्य र विकल्पको थुप्रै बहस हुन थालेको पक्षलाई मध्यनजर गरी आगामी दिनमा टिम्सलाई संस्थाको सदस्य कम्पनीहरुको व्यवसायिक हित, व्यवसायिक गुणस्तरीयता र पदयात्रा क्षेत्रको कामदार कर्मचारीहरु सामाजिक कल्याणको क्षेत्रका थप योगदान दिने आन्तरिक संयन्त्रको रुपमा विकास गरी आमव्यवसायी र सरोकारवालाहरुबाट समेत टिम्सको विकल्पको रुपमा दीर्घकालीन प्रभाव पार्ने “पदयात्रा अनुमति पत्र” को माग हुँदै आइरहेको छ ।

एकातिर नेपाल आउने साहसिक तथा पदयात्रा पर्यटकहरुको संख्यामा हरेक वर्ष वृद्धि भइरहेता पनि पर्यटनको माध्यमबाट हुने विदेशी मु्रदाको आम्दानीमा भने सकारात्मक बृद्धि नभएको यस अवस्थालाई सम्वोधन गरी पदयात्रा व्यवसायलाई मर्यादित बनाउन आवश्यक छ ।

यसको माध्यमबाट विदेशी मुद्राको आर्जन र संचितिमा समेत भरपुर योगदान दिने भएको हुँदा आगामी दिनमा सरकारको तर्फबाट जारी हुन लागेको पर्यटन ऐन र नियमावलीमार्फत नै हरेक पदयात्री पर्यटकहरुको लागि गन्तव्य क्षेत्रको आधारमा न्यूनतम मूल्यसहितको पदयात्रा संचालक कम्पनीहरु मार्फत पदयात्रा अनुमति पत्र जारी गर्ने व्यवस्था लागू गर्नको लागि नेपाल सरकारसँग आवश्यक पहल गरिने छ ।

जसले गर्दा गैरकानूनी रुपमा संचालनमा रहेको र राज्यको करको दायरामा नआएका स्वदेशी र विदेशी व्यक्तिहरुबाट संचालित व्यवसायमा रोक लाग्नुको साथै सबै व्यवसायीहरु राज्यको नियमनभित्र आउने छ साथै यसले गर्दा पर्यटन व्यवसायबाट हुने कर तथा राजश्वको आम्दानीमा समेत दोव्वर वृद्धि हुन जानेछ ।

(ङ) “सबै मौसम र कारणको लागि उपयुक्त (Nepal for All Seasons and all Reasons) भन्ने नारालाई अभ्यासमुखी कार्यान्वयनको लागि सम्भावित सबै क्षेत्रहरुमा नयाँ पदयात्रा गन्तव्यको पहिचान गरी विकास गर्नको लागि सबै तहका सरकारसँग सहकार्य र समन्वय गरी कार्य थालनी गरिने छ ।

पहिचित नयाँ पदयात्रा मार्ग र गन्तव्यहरुको विस्तार, बजारीकरण र प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्ड र विदेश स्थित नेपाली कुटनीतिक निकायहरुसँगको सहकार्य र समन्वयमा प्रभावकारी बजारीकरण संयन्त्रको विकास तथा आधुनिक सूचना प्रविधिमा आधारित सामाजिक संजालहरु फेसबुक, याहु, गुगल लगायतको प्रयोगमार्फत प्रवद्र्धनात्मक क्रियाकलापहरु संचालनमा ल्याइने छ ।

(च) पदयात्रा र पर्वतिय पर्यटनको क्षेत्रमा देखा परेका गैरकानूनी व्यावसायिक क्रियाकलाप आजको हाम्रो प्रमुख चुनौतिको रुपमा रहेको छ । जसको कारणले गर्दा सरकारले तोकेको कानूनी दायरामा व्यवसाय संचालन गरिरहेको हाम्रा आम पदयात्रा व्यवसायीहरुले अस्वस्थ प्रतिस्प्रर्धा, मूल्य कटौति, सेवा र सुविधामा अनैतिक र न्यून गुणस्तरीय गठजोड जस्ता व्यावधान भोग्नु परिरहेको सम्बन्धमा आगामि दिनमा गैरकानूनी तवरले स्वदेशी तथा विदेशी व्यक्ति तथा संस्थाहरुले संचालन गरिरहेको पदयात्रा तथा पर्वतिय पर्यटनका गतिविधिहरुलाई निरुत्साहित गर्दै पूर्ण वन्देज गर्नको लागि क्रियाशिल रहने छ ।

साथै पर्यटकहरु पदयात्रामा जाँदा अनिवार्यरुपमा पदयात्रा संचालक कम्पनीहरुबाटै जानु पर्ने र पदयात्रा पथप्रदर्शक अनिवार्य लैजानु पर्ने व्यवस्थालाई प्रभावकारी कार्यान्वयनको लागि मन्त्रालय तथा विभागसँग आवश्यक पहल गरिने छ ।

(छ) सहासक पर्वतिय पर्यटन व्यवसायको राष्ट्रिय संस्थाको रुपमा स्थापित टानलाई आगामि दिनमा अन्तरराष्ट्रियस्तरमा पहिचान दिनको लागि पर्यटनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा स्थापित संस्थाहरु जस्तै Adventure Travel Trade Association (ATTA), Outdoor Indrustry Association (OIA), The International Eco-tourism Society (TIES), Global Sustainable Tourism Council (GSTC), , आदिसँग भाइचारा सम्बन्ध तथा आवद्धता गरिदै लगिने छ ।

(ज) नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन गइरहेको र नेपाल सरकारले घोषणा गरेको यस राष्ट्रिय अभियानलाई सबै पर्यटन व्यवसायीहरुको साझा पर्वको रुपमा सफल बनाउनको लागि नेपाल भ्रमण वर्ष २०२० को अन्त्य सम्ममा टानको नेतृत्वमा नेपालभित्रै International Adventure Mountain Tourism Summit for Sustainable Development को आयोजना गरिने छ र सोको लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका स्थापित पर्यटनका सरोकारवाला र साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गरिने छ ।

(झ) आगामि दिनमा नेपालको पर्यटन व्यवसाय जिम्मेवार पर्यटन व्यवसायको सिद्धान्त अनुरुप संचालन हुन नसके यसले व्यवसायमा दुरगामी असर पार्दछ । यस अर्थमा पनि अबको दिनमा नेपालको पर्यटन व्यवसाय भित्र हरेक एजेन्सीहरुको संस्थागत संस्कार (Corporate Culture) को विकाससँगै संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)र जिम्मेवार पर्यटन (Responsible Tourism) को अवधारणा अनुरुप संचालन गर्नको लागि विगतका कार्य समितिले तयार पारेको व्यावसायिक आचार संहितालाई आवश्यकता र व्यवसाय अनुकूलित परिमार्जन र विकास गरी व्यवसायीहरुबाट अनुमोदन सहित कार्यान्वयनमा ल्याइनेछ ।

जसको माध्यमबाट मजदुरहरुको क्षेत्रमा गरिनु पर्ने स्वच्छ ज्याला र अन्य सुविधा, सामाजिक कल्याण, खोज तथा उद्धार, मजदुर र व्यवसायीको बीचको व्दन्द, आदिको सम्बोधन हुने र सोको लागि टान भित्र जिम्मेवार पर्यटन तथा आचार संहिता कार्यान्वयन तथा अनुगमन इकाइको गठन गरी संचालनमा ल्याइने छ ।

साथै पदयात्रा संचालक कम्पनी, मजदुर तथा ग्राहकहरुको हक, अधिकार र सेवा विशिष्टिकरण आदिको लागि टानले आगामि दिनमा सरकारी निकाय, पर्यटनका साझेदार लगायतसँग सहकार्य गरी जिम्मेवार पर्यटन कोष (Resonsible Tourism Fund) को स्थापना गरी संचालनमा ल्याइने छ ।

(ञ) नेपाल सरकारले पदयात्रा व्यवसायमा लागू गरेको मूल्य अभिबृद्धि कर प्रणाली समयानुकुल नभए कुरा विगतका दिनमा हामीले टान मार्फत नेपाल सरकारको सम्बन्धित निकायहरुमा छलफल बहस गरी निकास दिने प्रयास भएको भएता पनि त्यसको ठोस निकाश निकाल्न सकिएको छैन ।

तसर्थ, यस समस्याको सामाधानको लागि आगामि दिनमा मूल्य अभिबृद्धि करको सट्टामा पदयात्रा गन्तव्यमा पदयात्रीले विताउने समयको आधार वा पदयात्रा गन्तव्यको न्यूनतम मूल्यको आधारमा सिधा कर प्रणालि (direct tax system) लागू गराउनको लागि नेपाल सरकारको सम्बन्धित निकायसँग समन्वय सहितको प्रयास थालिने छ ।

(ट) सुविधा सम्पन्न पर्यटन अस्पताल योजना स् विगतका दिनमा पर्यटकहरु विरामी परेको अवस्थामा उद्धार गरी काठमाडौं ल्याएर उपचार गर्ने क्रममा नीजीस्तरबाट संचालनमा रहेको अस्पतालहरुले उचाइमा लाग्ने रोगहरुलाई विशेष प्रकृतिको रुपमा हेरी दिनमै १ लाख भन्दा बढी खर्च गराउने गलत अभ्यासहरु भएको पक्षलाई मध्यनजर गरी विदेशी पर्यटक लगायत पदयात्रा वा अन्य अवस्थामा समेत विरामी परेका पर्यटन क्षेत्रका कामदार कर्मचारीलगायत अन्य सर्वसाधारण समेतले सुलभ मूल्यमा औषधि उपचार सेवा प्राप्त गर्नको लागि आगामी दिनमा पदयात्रा पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारीको अवधारणालाई अवलम्बन गरी निजी क्षेत्रको श्रोतको परिचालन, सरकार र दातृ निकायहरुको समेत लगानीमा काठमाडौं वा वरिपरिका कुनै पनि क्षेत्रमा चिकित्सकिय अनुसन्धान र अत्याधुनिक सुविधा सहितको गुणस्तरीय पर्यटन अस्पताल स्थापना र संचालनको लागि संचालन कार्य विधि सहित कार्य थालनी गरिने छ ।

(ठ) सहासिक पर्वतीय पर्यटनको क्षेत्रमा दक्ष र उच्चस्तरीय जनशक्तिको अभाव र रिक्ततालाई सम्बोधन गर्नको लागि आगामी दिनमा टान केन्द्रभित्रै सहासिक पर्यटन अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी संचालनमा ल्याइने छ ।

साहासिक तथा पर्वतिय पर्यटनको क्षेत्रलाई आवश्यक पर्ने उच्च दक्ष जनशक्ति उत्पादन गर्नको लागि टानकै नेतृत्वमा टानका सदस्य कम्पनीहरुको समेत साझेदारी, नेपाल सरकारको विभिन्न तहको सरकार, विश्वविद्यालय र अन्य सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा साहसिक तथा पर्वतीय पर्यटन विषयमा उच्च शिक्षा तथा तालिम प्रदान गर्नको लागि हरेक प्रदेशमा कम्तिमा एक पर्यटन शिक्षालयको स्थापना गरी संचालनमा ल्याउनको लागि आवश्यक पहल गरिने छ ।

(थ) विगतको वर्षदेखि टानले अन्य संघसंस्थाहरुको समेत सहयोग समन्वय र सहकार्यमा संचालन गर्दै आइ रहेको विभिन्न क्रियाकलापहरु जस्तैः टान अन्तर्राष्ट्रिय इको च्यालेञ्ज, म्याराथुन, इको टुरिजम वर्कसप, गाइड तालिम, कुक तालिम आदि जस्ता क्रियाकलापहरुलाई निरन्तरता दिइने छ ।

(द) गन्तव्यमा कार्यरत् पदयात्रा क्षेत्रका कामदार मजदुरहरुले खानपान र बासको विषयमा भोग्नु परेको समस्यालाई समाधान गर्नको लागि तत्गन्तव्यका स्थानीय सरकार र अन्य सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा आगामी दिनमा गन्तव्यहरुमा मजदुर आवास गृह निर्माण लगायत सहुलियत दरमा स्थानीय होटल तथा लजहरुमा उनीहरुको लागि खानपिन र बासको व्यवस्था गर्नको लागि तत्काल आवश्यक कार्य गरिने छ ।

(ध) पदयात्रा तथा पर्वतीय पर्यटनको गतिविधिमा संलग्न हुँदाको अवस्थामा निधन भएका कामदार मजदुरहरुको सम्झनामा उपयुक्त स्थानमा स्मारक पार्कका निर्माण गरिने छ ।
(न) पदयात्रा संचालनका उच्च जोखिम गन्तव्यहरु जस्तै शेर्पेनीकोल, गोञ्जालापास, आम्पूलाप्चा, टाशीलाप्चा, लार्केला जस्ता क्षेत्रहरुको मार्ग लाई सहज र सुरक्षित बनाउनको लागि भौतिक पूर्वाधार निर्माण र अन्य वैकल्पिक उपायहरुको समेत व्यवस्थापन गरिने छ ।

अन्त्यमा,
विगतमा टान व्यवसायीहरुकै राजनीतिक खिचातानीको कारणले पदयात्रा व्यवसाय विकासको लागि सकारात्मक ढंगले अगाडि बढ्नुको सट्टामा अन्यौलता र वेथितिको पोका सहित गोलमटोल ढंगले यथास्थितिमा संचालन गर्नुपर्ने वाध्यता रह्यो । अबको दिनमा टानको रुपान्तरण प्रगतिकामी, इमान्दार, पारदर्शी र व्यवसायिक दक्षता भएको व्यववसायिक व्यक्तित्वले मात्र गर्न सक्दछ भन्ने हाम्रो बुझाइ हो ।

टानको आगामी ४१ औं साधारण सभाको सन्दर्भमा हुने निर्वाचनले टान निर्वाचनको उपयुक्त नेतृत्व चयन गर्नु पर्ने हुन्छ र यो निर्वाचन यथास्थितिवादी र प्रगतिकामी इमान्दार र साँचो अर्थमा नेपालको पदयात्रा व्यवसायको दिगो रुपमा विकास गर्ने व्यवसायीहरुको बीचको छिनोफानो पनि हो भन्दा अतिशयुक्ति नहोला ।

यसर्थ, उपरोक्त बमोजिमको गतिविधि र कार्यक्रमहरुको संचालन र सवल कार्यान्वयनको लागि पनि टानको आगामि कार्य समितिमा पेशा व्यवसायलाई बुझेका, इमान्दार, अनुभवी र बौद्धिक व्यक्तित्वहरुको खाँचो र अपरिहार्यतालाई महसुस गरी श्री अञ्जन थापा ९कुमार० अध्यक्षको उम्मेद्वार रहेको यस समूहलाई टानका सदस्य आम पदयात्रा कम्पनीहरुको माझमा प्रस्तुत गरेका छौं । आगामी मिति २०७६ भाद्र २० गते हुन गइरहेको टानको निर्वाचनमा हामीले प्रस्तुत गरेको यस समावेशी व्यवसायी समुहलाई आफ्नो अमूल्य मतदान गरी अध्यधिक बहुमतका साथ विजयी बनाउँन हुनको लागि हार्दिक अनुरोध गर्दछौं ।

चुनाव परिचालन मूल समिति
अञ्जन थापा (कुमार) व्यवसायिक समूह
टान निर्वाचन–२०७६

सहकार्य :नयाँपेज

ताजा अपडेट

खोजी गर्नुहोस