कोरियामा पहिलो पटक छन्द कविता वाचन कार्य​क्र​म

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ भाद्र १७, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

काठमाडौैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण काेरिया च्याप्टरद्वारा काव्य सुधाकाे श्रृखलामा छन्द कविता वाचन सम्पन्न भएकाे छ ।

 

दक्षिण काेरियाकाे राजधानी साैलकाे दाेङ्देमुन स्थित सुभेच्छा रेष्टुरेण्टमा भएकाे उक्त कार्यक्रममा करिब तीन दर्जन सर्जकहरूकाे उपस्थिति भएकाे थियाे ।

‘छन्द सरिता’ नाम दिइएकाे उक्त कार्यक्रममा चार छन्द कविहरू(गाेपीकृष्ण लामिछाने, सराेज सर्वहारा, जनक सन्याल र प्रमाेद सारंग)काे विशेष वाचन रहेकाे थियाे भने कृष्ण रिजाल, कमल बाछिटे, आर एन , सुमन तिमिल्सिना, संजय, सुनिल दिप्त राई, जीवन खत्री, अनिल किराती, लगायत दुई दर्जन स्रष्टाहरूले रचनावाचन गरेका थिए ।

कवि जीवन खत्रीकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा सुमन तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने लाेकराज न्याैपानेले सञ्चालन गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस