ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानको चुनावी माहोल गर्मिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते सम्पन्न हुन लागेको निर्वाचनमा मुख्यगरी दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठनको तर्फबाट कुमार थापा नेतृत्वको प्यानल र काङ्ग्रेस निकट संगठनले खुम सुवेदी नेतृत्वको अर्को प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन। कुमार थापाको प्यानलबाट महासचिवको उम्मेद्धार सरिता लामा छिन । उनि टानको ईतिहासमै पहिलोपटक महिला महासचिवको रुपमा उठेकी हुन । उनै लामासंग टान निर्वाचन केन्द्रित भएर हामीले कुराकानी गरेका छौँ ।
अहिले टानको निर्वाचन हुँदैछ, तपाईले महासचिवको उम्मेदारी दिनुभएको छ, यो के का लागी ?
म एउटा सफल व्यवसायी भएको कारणले एउटा सफल सस्था पनि हाँक्न सक्छु भन्ने दृढ विश्वासले मैले महासचिव पदमा उम्मेदारी दिएको हुँ । म मेरो अध्यक्षको मेरुदण्ड भएर काम गर्ने छुँ । मेरो कार्यलय कक्षलाई आवश्यक जति जति तथ्याकं छ त्यसलाई अपडेट गर्नलाई मैले महासचिव पदमा उम्मेदार दिएको छुँ । यदि मैले जिते भने मेरो अनुभव र क्षमताले भ्याए सम्मको काम गर्ने छु ।
टानको महासचिव हुनको लागी तपाईको योग्यताबारे बताइदिनुहोस् न ।
२००७ देखि म टानको साधारण सदस्य हुँ । २०१५ देखि २०१७ सम्म कार्यकारी सदस्य भएर काम गरेको हुँ । त्यहाँ भित्र हाम्रो अग्रजहरुले प्रतिपादन गरेका जति पनि राम्रा कामहरु छन त्यसलाई निरन्तरता नदिएर ति काम, योजनाहरु अलपत्र परेका छन । हामीले राम्रा कामहरुलाई त निरन्तता दिनु पर्ने हो नि । अग्रजको योगदानलाई कदर गर्नु पर्ने हो । म पहिलो महिला हुँ जस्ले टानको महासचिव पदमा उम्मेदार दिएकी छु । २ वर्षको मेरो सफल कार्यकालमा मैले मेरा राम्रोसँग सस्थालाई बुझेकी छु । त्यस अवधीमा मैले मेरो जिम्मेवारी एकदमै सफलता पूर्वक सम्पन्न गरेकि छु ।
टानको आजसम्मको जुनसुकै चुनावमा पनि उम्मेदारी प्यानलमा दिइएको छ, तर नतिजा व्यक्ति हेरिएको जस्तो छ्यासमिस आईरहेको छ । तपाई वामपन्थि प्यानलको भएपनि अन्य समुहलाई पनि समेट्नको लागी तपाईको पहल के हुन्छ ?
चुनावमा २ उम्मेदारी मध्ये एउटा त चुनिन्छ नै । त्यसमा पनि आजसम्म महिलाले गरेका कामहरु स्वस्थ एवम् पारर्दशि छ । यदि मैले पनि जिम्मेवारी पाएको खण्डमा स्वच्छ, सफा एवम् पारदर्शि काम गर्ने छु । म सबैको कुरा सुनेर मात्र काम अगाडि बढाउने छु । हाम्रो पर्यटन क्षेत्रसँग सम्बन्धित सबै कर्मचारीहरुमा काम गर्दा मेरो नभई हाम्रो कामको भावना जाग्रीत होस् । सबै एकजुट भएर काम गर्ने वातावरण सिर्जना होस् भन्ने चाहन्छु ।
आजसम्मको परिप्रेक्ष्यलाई हेर्दा चुनाव हँदा बनाइएका एजेण्डाहरु चुनाव सकिए पछि विस्तारै सेलाउदै गइरहेको देखिन्छ । अबको यो नयाँ नेतृत्वले यसको समाधानको लागी के गर्नेछ ?
अहिले म वामपन्थि प्यानलबाट उम्मेदार दिइ रहेकी छु । दुइ तिहाईको वामपन्थि सरकार छ र मन्त्रि पनि वामपन्थि कै हुनुहुन्छ । यस सस्थामा पनि १०० प्रतिशत नै वामपन्थिको बिजय भएको भए काम गर्न एकदमै सहज हुने थियो । यो राजनितिक परिवर्तन भइरहँदा मन्त्रि पनि परिवर्तन भइ नै रहन्छ । नयाँ मन्त्रिहरुलाई काम कुरा बुझाउनै समय लाग्छ । जसले गर्दा काममा ढिलासुस्ती हुन जान्छ । यसर्थ एउटै नेतृत्व हुँदा काम गर्न पनि सजिलो हुन्छ, एजेण्डा पनि पुरा हुन्छ ।
हामी भिजिट नेपाल २०२० को पुर्वसन्ध्यामा छौँ । आजसम्म जे जस्तो भएपनि अब आउने नेतृत्वप्रति भोटर सदस्यहरु निकै नै आशावादी छन् । उनीहरुलाई के भन्न चाहानुहुन्छ ?
भिजिट नेपाल २०२० त एउटा मास्टर प्लान मात्र हो । हाम्रो देश पर्यटकको लागी सधैँ महत्वपुर्ण स्थल हो र पर्यटकहरुलाई सधैँ स्वागत पनि छ । टान भनेको पर्यटन मन्त्रालयको अभिन्न अंग हो । मन्त्रालयको योजना, कामलाई हामी साधारण सदस्य सम्म पु¥याउछौँ र साधारण सदस्यका इच्छा, गुनासोहरुलाई मन्त्रालय सम्म पु¥याउछौँ । यसर्थ टानले पूलको काम गरिरहेको छ । म लगाएत सम्पुर्ण टिमले भिजिट नेपाल २०२० लाई सफल पार्नेछ, यो कुरामा म ढुक्क छु र सबैलाई ढुक्क हुन अनुरोध गर्दछु ।