सिटीका लापोर्टेको घुँडाको शल्यक्रिया

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १९, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टेको घुँडाको शल्यक्रिया गरिएको छ ।

प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्धको खेलमा फ्रेन्च डिफेन्डर लापोर्टेले दाहिने घुँडामा चोट बोकेका थिए । ब्राइटनका डिफेन्डर आडाम वेब्स्टरको ट्याकलमा लापोर्टेले चोट बोकेका थिए । जुन खेल सिटीले ४-० ले जितेको थियो ।

स्पेनको बार्सिलोनास्थित एक अस्पतालमा गरिएको लापोर्टेको शल्यक्रिया सफल भएको सिटीले जनाएको छ ।

घुँडाको शल्यक्रिया गरेपछि लापोर्टेले युरोकप छनोट अन्तर्गत अल्बानिया र एण्डोराविरुद्धको खेल गुमाउने छन् । युरोकप छनोट खेल्ने फ्रान्सको टिममा लापोर्टे परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस