कृषीमन्त्री मन्त्री खनाल आईसीयूमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र २०, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०,काठमाडौँ । ‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा भर्ना भएका छन । मन्त्री खनाल मंगलबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुगेका थिए । अस्पतालले उनलाई शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रपाणी पाण्डेकाअनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ । मन्त्री खनालको अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसियूमा सारिएको पण्डेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस