मुगाबे जिम्बाबे मुक्तिका प्रतीक : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २०, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोबर्ट मुगाबेलाई ‘जिम्बाबे मुक्तिका प्रतीक’ भन्दै उनको स्मरण गरेका छन्।

९५ वर्षको उमेरमा शुक्रबार निधन भएका मुगाबेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जिम्बाबेका पिता भएको उल्लेख गरेका छन्। शुक्रबार साँझ ओलीले ट्वीटमार्फत् मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

ओलीले भनेका छन्, ‘उनले जिम्बाबेमा उपनिवेशविरुद्ध लडेर देश र जनतालाई स्वतान्त्रता दिलाए। उनी अफ्रिकी जनतामाथि स्वतन्त्रताका प्रतीकका रुपमा रहँदै सम्मान पाएका छन्।’

स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको केही महिनायता सिंगापुरमा उपचार गराइरहेका थिए। उनी ९३ वर्षको उमेरसम्म जिम्बाबेका राष्ट्रपति बनेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस