वल्र्ड युनिभर्सिटी तेक्वान्दोमा नेपाललाई ४ पदक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २७, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २७,काठमाडौँ । इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।

अनुजले मिडिल वेट (८७ केजी मूनि) ले रजत पदक जितेका हुन् । पहिलो खेलमा बाई पाएका अनुजले दोस्रो खेलमा कोरियाली हराएका थिए । अनुज फाइनलमा श्रीलंकाका ११–१० ले पराजित भएका थिए । अस्मिता फ्लाइ वेट (४९ केजी मूनी) को फाइनलमा इन्डोनेसियाकी खेलाडीसँग २२–१० ले पराजित भइन् । त्यसअघि पहिलो खेलमा बाई पाएकी अस्मिताले दोस्रो खेलमा कोरियाकी खेलाडी २०–१८ ले हराइएकी थिइन् ।

६३ केजी तौल समूहको समूहमा सागले कास्य पदक जिते । पहिलो खेलमा बाई पाएका सागर सेमिफाइनलमा मेलेसियाकी खेलाडी २५–११ ले पराजित भए । ज्ञानेन्द्रले लाइट वेट (७४ केजी मूनी) मा तेस्रो पदक प्राप्त गरेका थिए । पहिलो खेलमा श्रीलंकाकी खेलाडीलाई १२–८ ले हराएका ज्ञानेन्द्र सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएका थिए ।

एसियाडका लागि प्रतियोगितो सहभागिताले फाइदा पूगने विश्वास प्रशिक्षक विष्टले लिएका छन् । उनका अनुसार नेपाली खेलाडी आउने केहि दिनमा अर्को च्याम्पियनसिपमा भाग लिने बताएका छन् । ५ खेलाडीले बिहिबार प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रशिक्षणसँग प्रतियोगितामा भाग लिदा खेलाडीको आत्म विश्वा बढ्नुका साथै कमजोरी पनि थाहा हुन्छ, उनले भने, त्यसले आउने दिनमा सुधार गर्न सहज हुनेछ । विष्ट र अर्की प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा १० खेलाडी कोरियामा प्रशिक्षण लिइरहेका छन् । विष्टका अनुसार नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले पनि प्रशिक्षण दिइरहेका छन् । एसियाड भदौं २ गते देखि इन्डोनेसियामा सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस