डेड सुक्रबिरको जन्म

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ भाद्र २०, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाडौं । बिहिवार एक भब्य कार्यक्रमका बिच डेड सुक्रबिर सार्बजनिक भएको छ।

प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीको प्रमुख आथित्यमा सयौं साहित्यकारहरुको उपस्थितिमा उपन्यास डेड सुक्रबिरको लोकार्पण भएको हो। साहित्यकार टी एन भट्टद्वारा लेखिएको उक्त कृति नेपाली साहित्यमा लेखन शैलीका आधारमा नया आयाम भएको समिक्षक उत्तम पौडेलले बताए।

मरेका हजारौ डेडसुक्रबिरको बिचमा एउटा नया जीउदो शुक्रवीर जन्माउन आतुर नारीपात्र र मरेका सुक्रबिरहरुको बिचमा जन्मिने वालकको भबिष्यलाई लिएर भयभित भई गर्वाधान कार्यमा संलग्न हुन डराउने पुरूष पात्र बिचको द्वन्द हो यो उपन्यास।

नोटालिजम्को प्रयोग भएको सायद यो एकमात्र उपन्यास रहेको कुरा समालोचक डा. यज्ञेस्वर निरौलाले बताए।

कार्यक्रममा डा. नवराज लम्सालले नेपाली साहित्यको फाटमा एउटा नया आयाम थपिएको भन्दै पूर्वीय दर्शनसग दाजेर हेर्न सकिने कुरा बताए। साहित्यकार भुवन हरि सिग्देलले टी एन भट्ट’ विश्वामित्र’ को लेखन शैलीबाट आफुमा इर्स्या उत्पन्न भएको र यो नेपाली उपन्यासमा बिल्कुलै नया प्रयोग भएकोले सबैले एकपटक यो उपन्यास पढ्नु पर्ने कुरा बताए।

प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले उपन्यासमा चातुर्यपूर्ण रुपमा अति यथार्थवादी फ्रेमभित्र समाजको यथार्थलाई सुन्दर तरीकाले चित्रण गरेको र यो उपन्यास जेनेटिक इन्जिनियरिङको दृस्टिकोणबाट समेत म महत्वपुर्ण रहेको भन्दै यो उपन्यास नेपाली साहित्यको फाटमा नया प्रयोग भएको र यस्ता उपन्यासको आफ्नै विशिष्ट पहिचान हुने कुरा समेत बताए ।

प्राध्यापन कार्यमा संलग्न टी एन भट्ट’ विश्वामित्र’को यो दोश्रो कृती हो। यस अघि ‘सूर्यपुत्र’ कविता सङ्ग्रहका प्रकाशनमा ल्याएक विश्वामित्रको यो दोश्रो कृती हो।

ताजा अपडेट

खोजी गर्नुहोस