विश्वका अपराधीको अखडा बन्दै काठमाडौँ, नेपाली जेलमा ४१ देशका १२ सय विदेशी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २२, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौं । डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा चार विदेशी थुनामा छन्।

अमेरिका, बंगलादेश, यमन र जोर्डनका ती विदेशी फरक फरक अपराधमा पक्राउ परेका हुन्।

चारमध्ये अमेरिकी नागरिक नाथम माओवास्की अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका हुन्।

नेपालका विभिन्न जेलमा गरेर यतिबेला ४१ देशका १२ सय नागरिक थुनामा छन्। काठमाडौँ विश्वका अपराधीहरुको अखडा बन्दै गएको छ।

नेपालको उदार भिसा नीति, कमजोर नियमन, खुकुलो कानुन र खुला सीमाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय आपराधिक गिरोह नेपालमा सक्रिय हुन थालेका छन्।

एक वर्षको अबधिमा विभिन्न अपराधमा संलग्न ६ सय विदेशीलाई नेपालले निस्कासन गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस