राजधानीमा आजदेखी वातावरणमैत्री विद्युतीय बस सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २३,काठमाडौँ । राजधानीमा आजदेखी धुलो, धुवाँरहित र वातावरणमैत्री विद्युतीय बस सञ्चालनमा आएको छ । नेपालको सार्वजनिक यातायातमा यात्रा गर्दा भोगिने सकस र दुरावस्थालाई केही हदसम्म भए पनि कम गर्न निजी क्षेत्रको सुन्दर यातायातले सार्वजनिक विद्युतीय बस सञ्चालनमा ल्याएको दावी गरेको छ।

भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा भएको विशेष कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सार्वजनिक विद्युतीय बसको उद्घाटन गरे। बसको उद्घाटन गर्दै मन्त्री पोखरेलले आउँदा दिनमा विद्युतीय बसको संख्या बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

मंगलबारदेखि नै चार ओटै बस सञ्चालनमा ल्याउने भनिए पनि दुई ओटा बसमात्रै सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा आएका बस पनि प्राविधिक जाँचका लागि सडक विभाग लगिने छ । कम्पनीले दुई ओटा बस पनि अबको केही दिनभत्रै नै सञ्चालनमा ल्याउने जनाएको छ ।

नेपालको सडक सुहाउँदो किसिमले डिजाइन गरिएको बसले रिंगरोडको रुट पाएको छ । सुन्दर यातायातले थप ११ ओटा बस भित्राउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ भने यही वर्षभित्र नै २५ ओटा विद्युतीय बस सञ्चालनमा ल्याउने जनाएको छ । महँगो मूल्य तिरेर ल्याइएको एउटा बसको मूल्य नै १ करोड ६२ लाख रहेको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस