आठ राष्ट्रिय खेल संघको दर्ता खारेज !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २८, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २८,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । खेलकूद विकास ऐन, २०४८ र खेलकूद विकास नियम, २०४९ ९संशोधित० सहित खेलकूद गतिविधि सञ्चालन, लेखा परीक्षण नवीकरण, निर्वाचन आदि कार्य नगरेका कारण ती संघलाई खारेज गरिएको हो ।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस