नागभुषण महादेवमन्दिरको स्तरोन्नतीको लागी जनता बैँकद्धारा १ लाख ५० हजार सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २३, सोमबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई आजउक्त रकमको चेक हस्तान्तरण गरे ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्तमन्दिर परिसरको थपभौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तर दायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेकोहो ।्

जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंगइकाई मार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस