फिफा विश्वकप छनोटमा नेपालको ऐतिहासिक जित, अञ्जनको शानदार प्रदर्शन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र २४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २४,काठमाडौँ । अन्जन विष्टले नायक बनेपछि नेपालले मङ्गलबार चाइनिज ताइपेइलाई २–० ले हराएर फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणमा ऐतिहासिक जित हात पारेको छ । नेपालले विश्वकपको दोस्रो चरणमा खेल जितेको यो पहिलो पटक हो ।

यसअघि, विश्वकप छनोटमा विदेशी भूमिमा नेपालले मकाउलाई मात्र हराएको इतिहास छ । सो खेल पनि तटस्थ भूमिमा थियो । त्यसैले विश्वकप भूमिमा विपक्षीको घरेलु मैदानमा नेपालको यो पहिलो जित भएको छ ।

गत बिहिबार कुवेतमा ७–०को लज्जास्पद पराजयपछि ठूलो आलोचना वेहोरेको नेपाललाई ताइपेईविरुद्ध सकारात्मक नतिजा निकाल्न जरुरी थियो । नेपालले ताइपेईलाई हराएर आप्mना आलोचकलाई चूप मात्र पारेन, छनोटअन्तर्गत अन्य खेलका लागि पनि आप्mनो मनोबल उच्च पारेको छ । ताइपेईको भने यो लगातार दोस्रो हार भएको छ ।

घरेलु मैदानमा नै भएको पहिलो खेलमा जोर्डनले पनि ताइपेइलाई २–१ ले निराश पारेको थियो । चाइनिेज ताइपेईको घरेलु मैदान ताईपेई रङ्गलशालामा प्राप्त यो जित योहान कालिनको प्रशिक्षकत्वमा नेपालको पहिलो सफलता भएको छ । कालिनको प्रशिक्षकत्वमा यसअघि नेपालले खेलेका पाँच खेलमा तीन हार र दुई बराबरीको नतिजा निकालेको थियो । गत जेठमा कालिनकै रेखदेखमा चाइनिज ताइपेईसँग उसकै मैदानमा खेलेको खेलमा नेपालले घरेलु टिमलाई १–१ ले बराबरीमा रोकेको थियो । नेपाल र ताइपेइको सिनियर टिमबीच त्यो नै पहिलो भिडन्त थियो ।

खेलको तेस्रो मिनेटमा नै मैदानको दायाँ भागबाट प्राप्त फ्रिकिकमा सुजल श्रेष्ठले उपलब्ध गराइदिएको बललाई मिडफिल्डर अञ्जनले हेडमार्फत् गोलपोस्टमा छिराएर नेपालालाई अग्रता दिलाएका थिए । ताइपेईका लागि रवि पासवानलाई लडाएपछि नेपालले फिकि नै सो फ्रिकिक पनि जितेका थिए । त्यसपछि ६३ औँ मिनेटमा अञ्जनले डिबक्स ‘लाइन’बाट सशक्त प्रहारद्वारा गोल गरी नेपाललाई सहज स्थितिमा पुर्याए । सो गोल गर्न पनि अञ्जनलाई सुजलले नै बल मिलाइदिनुभएको थियो । मैदानको दायाँ भागबाट रवि पासवानले क्रस गरेको बललाई डिबक्समा रहेका सुजलले हेड गरी अञ्जनलाई पास मिलाइदिएका थिए । अञ्जन ७९ औँ मिनेटमा सन्तोष तामाङले स्थानापन्न गरे ।
अञ्जन कुवेतविरुद्धको खेलमा पहिलो रोजाईमा थिएनन् । कुवेतविरुद्ध फराकिलो अन्तरको हारपछि मात्र प्रशिक्षक कालिनले आज पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरे । जसमध्ये एक अन्जन थिए । अञ्जनले अनुभवी मिडफिल्डर विक्रम लामाको स्थान लिएका हुन । यसैगरी, कालिनले डिफेन्डर अजित भण्डारीको स्थनमा दिनेश राजवंशी र अर्का डिफेन्डर सुमन अर्यालको स्थानमा रजिन धिमाललाई सुरुदेखि नै खेलाएका थिए । यी तीनै जनाले मिहिनेत गरेर खेलेपछि नेपाली टिम आज फरक पनि देखियो ।
नेपालले अब क्यानबेरामा अस्ट्रेलियासँग अक्टोबर १० मा खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस