मसाज सेन्टरमा यस्तो धन्दा, ३० मिनेटपछि युवतीले सोध्छिन् सर एक्स्ट्रा

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०७६ भाद्र २४, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २४, काठमाडौं । यहाँ मसाज गराईन्छ’ बोर्डमा लेखिएको हुन्छ । मसाज गराउनका निम्ति ग्राहक काउन्टरसम्म पुग्छन् । त्यसपछि महिला होस् या पुरुष स्वागतका निम्ति आउने गर्दछन् । पानी पिउन दिईन्छ । त्यसपछि सोध्ने गरिन्छ भन्नुहोस् सर कस्तो मसाज गर्ने ? थाई, स्वीडिश, डिप टिश्यू अर्थात् ट्रिगर आदि आदि । दर्जनौँ मसाजका विकल्प प्रस्तुत गरिन्छन् ।

महिला या युवती कसबाट मसाज गराउनु हुन्छ ? यो तपाईको ईच्छा । ग्राहक कोठामा जान्छन् । करिब ३० मिनेट बितेपछि मसाज गर्लले केही कुरा सोध्छिन् । त्यो सुनेर ग्राहक अक्कबक्क समेत पर्छन् । सर, एक्ट्रा सर्भिस के लिनुहुन्छ ? ग्राहकले कुनै प्रतिक्रिया जनायो भने शुरु हुन्छ, अवैध धन्दा ।

कोठामा नै तय गरिन्छ एक्ट्रा सर्भिस रेट

भारतको दिल्लीमा रहेका करिब ३४ वटा मसाज सेन्टरको रिपोर्टका आधारमा यो बिषय बाहिरिएको हो । जहाँ मसाज गर्ने महिलाले ग्राहकसँग एक्स्ट्रा रेटको तय गर्दछन् । एक मसाज गर्लका अनुसार एक्स्ट्रा मसाजका लागि एक जनाको २ हजारदेखि रेट तय हुने गर्दछ । यसमा दुवै पक्षको परामर्शका आधारमा रेट तय हुने गर्दछ ।

मसाज सेन्टरमा काम गर्ने युवती भन्छिन्, ‘एक्स्ट्रा रेट मसाज गर्ने बेला नै लिईन्छ ।’ पहिले अवैधधन्दामा संलग्नहरुमात्रै मसाज सेन्टरमा जान्थे अहिले कलेजमा पढ्ने युवतीको समेत आकर्षण बढेको छ । उनीहरु नाम चेन्ज गरेर त्यहाँ काम गर्छन् ।

पहिले–पहिले मसाज सेन्टरमा साहुले तलब दिन्थे अहिले त्यस्तो अवस्था छैन । मसाज सेन्टरमा काम गर्ने महिलाले ग्राहक खोज्नुपर्ने हुन्छ । या आएको ग्राहकबाट एक्स्ट्रा मसाज लिनुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस