‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र २६, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २६, काठमाडौं । सरकारीमा अस्पतालमा मात्र होइन, निजी अस्पतालमा पनि डेङ्गु रोगका बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्जलगायतका अस्पतालमा बिरामीको चाप बढ्दो छ ।

रोगीको सङ्ख्या बढ्दै गएपछि सरकार तथा स्थानीय तहले समेत रोकथामका लागि विभिन्न प्रयास गरिरहेका छन् । सरकारले डेङ्गु नियन्त्रण गर्न ‘डेङ्गु खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबैभन्दा धेरै बिरामी पुग्ने गरेका छन् ।

दैनिक ५०० जनाको डेङ्गु परीक्षण हुने गरेकोमा २५० देखि तीन सयसम्मलाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

विगत १० दिनदेखि सरुवा रोग अस्पतालमा डेङ्गु पोजेटिभ बिरामीको सङ्ख्या एक हजार ५०० पुगिसकेको छ । डा.शेरबहादुर पुनलगायतको पाँच जनाको टोलीबाट अस्पताल जानेबित्तिकै डेङ्गुका लागि छुट्टै एकाइ स्थापना गरेर बिरामीको उपचार भइरहेको छ ।

डेङ्गुको आशङ्का गरिएका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । डा. पुनलगायतका चिकित्सक टोलीले दैनिक ८० देखि १२० जना बिरामीलाई जाँच गरिरहेको छ ।

डा. पुनले आफूले डेङ्गुको लक्षण लिएर आएका बिरामीको दैनिक १२० जनासम्मको स्वास्थ्य परीक्षण गरिएको बताए । ‘मलगायत अन्य चिकित्सकले पनि त्यही हाराहारीमा बिरामी हेरिरहनुभएको छ, डा.पुनले भने, ‘अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या घट्ने होइन, झन् बढ्दो छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस