‘जनता क्यापिटलका शेयरधनीलाई उच्च प्रतिफल र संगठनात्मक सुशासन हाम्रो प्राथमिकता हो’: कार्यकारी सञ्चालक सुवेदी

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७६ भाद्र २६, बिहिबार (५ साल अघि)
  • १२६ पटक पढिएको
Post Thumbnail

जनता क्यापिटल लिमिटेडका कार्यकारी संचालक बिश्व सुवेदीले काठमाडौं स्कुलअफ ल बाट कर्पोरट सम्बन्धि कानूनमा एलएलएम र समाजशास्त्रमा स्नाकोत्तर गरेका छन । राष्ट्रिय वाणिज्य बैक लिमिटेडमा वकिलको हैसियतमा नियुक्ती पश्चात लोन डिफल्टरहरुको बिरुद्ध ऋण असुली न्यायाधिकरणमा ठुलो संख्यामा मुद्धा हेरेको अनुभव रहेका सुवेदी राष्टिय वाणिज्य बैक, एनआइसी एशिया बैकको कानून अधिकृत हुदै हाल जनता बैंक नेपाल लिमिटेडको कम्पनी सचिव तथा बैकको सहायक कम्पनी, जनता क्यापिटल लिमिटेडको कार्यकारी सञ्चालक समेतको जिम्मेवारीमा रहेका छन । जनता क्यापिटल लिमिटेडको मिति २०७६ भदौ २६ गते आज बिहिबार तोकिएको प्रथम वार्षिक साधारण सभा, शेयरधनीलाई वितरण गर्न प्रस्तावित लाभाँश आदीको सेरोफेरोमा रहेर उनीसंग अनलाईनकेन्द्रले गरेको कुराकानीको सार :–

 -जनता क्यापिटल लिमिटेड कस्तो खालको कम्पनी हो र यसको उद्देश्य के हो ?

जनता क्यापिटल जनता बैंकको शतप्रतिशत लगानीमा नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको रुपमा काम गर्न इजाजत प्राप्त संस्था हो । यसले धितोबोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको छ ।ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवाप्रदान गरी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमाआफ्नो पहिचान स्थापित गराउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।

-जनता क्यापिटलको आगामी दिनको व्यवसायिक लक्ष्य के रहेको छ?

जनता क्यापिटलको मुख्य उद्देश्य आफ्ना ग्राहकवर्गलाई शीघ्र र गुणस्तरीय सेवा प्रदान गर्नु हो र हालसम्म हामीले प्रदान गर्दै आइरहेको सेवाबाट ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ भन्ने हाम्रो बिश्वास रहेको छ । हाम्रो मुख्य उदेश्य सेवाका क्षेत्रहरु विस्तार गर्दै गुणस्तरिय सेवा र ग्राहकको सन्तुष्टि हो । शेयरधनीलाई उच्चतम प्रतिफल र संगठनात्मक सुशासन हाम्रो पहिलो प्राथमिकतामा हो र हामी यसलाई दिगो लक्ष्यबनाई पूर्ण रुपमा तत्परताका साथ अगाडी बढिरहेका छौं ।

-स्थापनाको पहिलो वर्षमा (आ.व. २०७५/७६) मा नैं शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्न सक्नुको पछाडिका कारणहरु केहो ?

नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमतिका लागि मिति २०७६ साल माघ ७ गते मात्र इजाजत प्राप्त गरेको हँदा गत आ.व. २०७५/७६ मा हामीले केवल ६ महिनामात्र आफ्नो उद्देश्य अनुरुपको व्यवसाय गर्न समय पायौं । अनुमतिप्राप्त गरे पश्चात हामीले नेपाल राष्ट्र बैकबाट क वर्गको इजाजतपत्र प्राप्त हाम्रो मातृ संस्था जनता बैक नेपाल लिमिटेडसंग लिखित सम्झौता गरी मिति २०७६ बैशाख महिनादेखि नै शेयर रजिष्ट्रेशन ९च्त्क्० को काम शुरु गर्ने मौका पायौं ।

साथै, तत्कालै हामीले नेपाल राष्ट्र बैकबाट घ वर्गको इजाजत प्राप्त स्पर्श लघुवित्त वित्तीय संस्थाको समेत शेयर रजिष्ट्रेशन ९च्त्क्० को काम गर्ने मौका पायौ । यस बीचमा हामीले हिमालयन हाइड्रो पावर कम्पनी लिमिटेडको करिव २२ लाखकित्ता बराबरको आईपियो निकाल्ने सम्बन्धि लिखित सम्झौता गरी प्रकृया अगाडी बढाएका छौं । यी तमाम् ब्यवसायिक कार्यबाट प्राप्त फि, कमिसनका अतिरिक्त यो छोटो समयमा पनि हामीले आफ्नो पूँजीको भरपूर लगानी गरी ८ प्रतिशतको लाभाशँ सुनिश्चित गर्न सफल भयौं । यस बाहेक साधन र श्रोतहरुको उच्चतम प्रयोग गर्नु र खर्चहरुमा भरपूर नियन्त्रण गर्नु नैं मुनाफा गर्न सक्नुको मुख्य कारण हो ।

 -क्यापिटलको जनशक्ति कस्तो छ ?

आफ्नो व्यवसायलाई आवश्यक पर्ने संख्यामा मात्र हामीले कर्मचारी नियुक्त गरेका छौं र कर्मचारीहरुको दैनिक कार्यमा विविधिकरण गरी उनीहरुको क्यारियर प्रति ढुक्क हुने वातावरण निर्माण गर्नु नैं हाम्रो वास्तविक सफलता हो । व्यवसायीक उचाईसंगै कर्मचारीहरु पनि थप्दै लैजाने योजना रहेको छ । हाल क्यापिटलमा कार्यरत कर्मचारीहरुले क्यापिटलको सबै किसिमका कामहरुको ज्ञान हासिल गर्ने मौका पाएका छन् ।कर्मचारीहरुको आत्मियतापुर्वकको हँसिलो व्यवहारका कारण हाम्रा ग्राहकवर्गहरु पनिसन्तुष्त छन् । हाम्रा कर्मचारीहरुको व्यक्तित्व विकासको निमित्त आगामी दिनहरुमा बिभिन्न खालको मर्चेन्ट बैंकिङ्गसँग सम्बन्धित ब्यवसायिक तालिमहरुमा भाग लिन लगाउने योजना पनिरहेको छ ।

– क्यापिटलको पूँजीकति रहेको छ ?

हामीले धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिप्राप्त गरेको छौं तसर्थ यी सेवाहरु प्रदान गर्न कम्तीमा रु. २० करोड चुक्तापूँजी आवश्यक रहने कानूनी व्यवस्था बमोजिम हामीले हाल जनता क्यापिटल लिमिटेडको पूँजी रु. २० करोड कायम गरेका छौं ।

 -जनता बैंक मर्जरमा जानका लागि ग्लोबल बैंकसँग एमओयु गरिसकेको अवस्थामा सहायक कम्पनीहरु के हुन्छ ?

मर्चेन्ट बैंकिङ्ग नियमावली बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय संचालन गरिरहेका बैंक वावित्तीय संस्थाहरु मर्ज भएमा एक मात्र सहायक कम्पनीमार्फत व्यवसाय गर्नुपर्ने व्यवस्था रहेका कारण हाम्रो मातृ संसथा जनता बैंक नेपाल लिमिटेड र ग्लोबल बैंकआइएमइ बैक लिमिटेड मर्जर भएपछि यसका सहायक कम्पनीहरु पनि मर्जरहुनेछ ।

-अहिलेको खस्कँदो पूँजीबजारको अवस्था हेर्दा तपाईको विचारमा मर्चेन्ट बैंकहरुको आगामी दिनको व्यवसायिक भविष्य कस्तो हुनेछ ?

वर्तमान परिस्थितिमा पूँजीबजार आशाजनक रुपमा वृद्धि भईरहेको छैन । यद्यपि निरास हुनुपर्ने कुनै कारण देखिदैन । मुलुकमा बलियोे सरकार रहेको छ । संघ, प्रदेश र स्थानिय निकाय तीनवटै तहमा निर्वाचित जनप्रतिनिधिहरु क्रियाशिल रहेका छन् । संघियता मुलुकको निम्ति पहिलो प्रयोग भएको हुँदा कतिपय बिषयहरुमा स्पष्टता नहुँदा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थाबाट गुज्रिरहेका छन्र ।

नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्न हिचकिचाई रहेका छन् । पहिले पहिले केहि निश्चित स्वार्थ समुहहरुले सिंगो पूँजिवजारमा चलखेल गर्दै कृतिम रुपमा शेयरको मुल्य बढाउने गर्दै आएकोमा हालसो रोकिएको छ । १२/१३ सयको वरिपरि घुमिरेहेको नेप्से परिसुचकलाई नराम्रो भन्नपर्ने अबस्था होइन । यद्यपि सरकार र नियमन निकायले पूँजीबजार देशको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने यथार्थ बुझी यसतर्फ समयमै ध्यान पु¥याउन आवश्यक देखिन्छ तर कुनैपनि मानेमा निराश हुनुपर्ने ठाउँ छैन ।

-यो क्षेत्रमा के-कस्ता ब्यवसायिक अवसर र चुनौतीहरु रहेका छन् ?

धेरै कम्पनीहरुको आईपो/एफपिओ पाइपलाइनमा रहेको छ जसले गर्दा मर्चेन्ट बैंकहरुले निष्काशन तथा बिक्री प्रबन्ध र अन्डरराईटिङ्गको व्यवसायमा काफि अवसरहरुआउनेवाला छन् । अर्को, शेयर बजारको बारेमा धेरैले बुझिसेकेको हुनाले यसप्रति धेरैको आकर्षण पनिरहेको छ जसले गर्दा भविष्यमा मर्चेन्ट बैंकिङ्गमा धेरै अवसरहरु छन् । यद्दपि मर्चेन्ट बैंकहरुको संख्या बढिरहनुले प्रतिस्पर्धा धेरै रहेको छ जसले गर्दा मर्चेन्ट बैंकहरुले न्यून सेवा शुल्कमा व्यवसाय गर्दै आइरहनु परेको छ भने समयसँगै प्रविधिको विकासले मर्चेन्ट बैंकको कार्य सजिलो त भएको छ तर आयमा भने कमीहुँदै आइरहेको छ ।

अर्को महत्वपूर्ण कुरा के हो भने आममानिसहरुले मर्चेन्ट बैक र बैंक फरक क्षेत्र हुन् र यिनीहरुले प्रदान गर्ने सेवाहरु फरक छन् भन्ने कुरा समेत बुझेका छैनन् र मर्चेन्ट बैकर लाई नै बैक ठान्नेहरु छन् ।सम्बन्धित सरोकारवालाहरुले सो कुरा बुझाउनु आवश्यक रहेको छ । यसले सेवाग्राहिहरुको समय र परिश्रम दुबैको बचत हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस