प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुँदैछ : महेश बस्नेत

भाद्र २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वर्तमान समयमा नेकपाको पार्टी एकताका सवालमा केही समय युवाहरु सक्रियता नभएको समयमा प्रतिक्रियावादीहरुले कमजोरी ठानेको बताउँदै दुई संगठनको एकतासँगै अब जिस्क्याउने प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुने चेतावनी दिएका छन् ।

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज बस्नेतले संघका युवाहरु रचनात्मक ढंगले अघि बढिरहेको समयमा कसैले कमजोरीको रुपमा ठाने त्यसको प्रतिवाद गर्ने चेतावनी दिए।

दुई संगठनको एकता भनेको दुई वादल भएको बताउँने कतिपय मानिसहरुमा रहेको भ्रमको अन्त्य भएको बताउँदै राष्ट्रिय युवा संघको एकतापश्चात आगामी दिनमा देशमा युवा जागरण तथा देशको विकास र समृद्धिको बाटामो ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे। युवा आन्दोलन बैद्धिक तथा राजनीतिक भएको बताउँदै उहाँले अबको युवा आन्दोलन मुलुकको समद्धि प्राप्ती, रचनात्मक, सिर्जनसिलता नै अबको युवाको पहिचान भएको बताए ।

प्रतिक्रियावादीको तागत युवाहरुले मूल्याङ्कन गरिरहेको बताउँदै उनले भने, ‘ माघ निदाएको बेलामा कुकुरले बाघको नाक सुङ्दै यसले त केही गर्न सक्नदैन भन्ने सोच्छ तर बाट उठेपछि त्यसलाई स्यांक्छ । त्यस्तै पार्टीको एकताका सवालमा युवा आन्दोलन तथा भुमिका केही मात्रामा कमजोर भएको छ भनि कोहीले कमजोरीको रुपमा सोच्छ भने त्यो अब समाप्त भयो । युवा अब देशभर जुरमुराएर उठ्छन् । राष्ट्र निर्माणको बाटामो अघि बढ्छन् । उत्पादनशिलता बोकेको युवालाई प्रतिक्रियावादीको शरिरमा मालिस गर्ने अवस्था सिर्जना नगरियोस् ।’

युवा संगठनको एकता दुई वटा संगठनको मात्र नभई देशभक्त, राष्ट्रवादी शक्तिहरुको एकता भएको बताउँदै उनले संगठनको एकताले मुलुकको राष्ट्रवादी, देशभक्त आन्दोलनलाई समर्थन गर्ने बताए। युवा आन्दोलनलाई रचनात्मक ढंगले अघि लान खोजेको हातलाई, उद्योगधन्दा कलकारखाना, विज्ञान र प्रविधि बोकेको हातलाई उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताए।

संघको एकताका बाँकी काम समयभित्रै सम्पन्न हुने बताउँदै उनले भने, ‘राष्ट्रिय हित नै संगठनको हित हो । विगतका कमि कमजोरीलाई मूल्याङ्कन गरी अघि बढ्नुपर्छ । आगामी तिहार अघि नै राष्ट्रिय युवा भेला गरी देशमा अब युवा संघ उठ्यो, जाग्यो र तिव्र विकास र समृद्धिको बाटोमा अघि बढ्यो । इमान्दारीता, क्रियाशिलता तथा क्षमताको आधारमा आगामी दिनमा कसैको मूल्याङ्क हुन्छ । कसैलाई काखा कसैलाई पाखा हुँदैन । कसैले सिफासिर गरेको आधारमा नेतृत्व प्रदान हुँदैन ।’

संम्बन्धित समचार

Leave a Reply