अक्षय कुमारको ‘मिशन मंगल’ले कमायो २ करोड

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २८, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । अक्षय कुमारको चलचित्र ‘मिशन मंगल’ ले धमाकेदार प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा आएको चार हप्ता बितिसक्दा पनि यस चलचित्रको प्रदर्शन डगमगाएको छैन ।

चलचित्रले भारतमा मात्र २ सय करोड भारुमाथिको कमाइ गरेको छ । यो सँगै ‘मिशन मिंगल’ २ सय करोड क्लबमा प्रवेश हुने अक्षयको पहिलो चलचित्र बनेको छ ।

‘मिशन मंगल’को सानदान कमाइले एक पटक फेरि अक्षय कुमारलाई बक्स अफिसको खेलाडी साबित गरिदिएको छ ।

ट्रेड विश्लेषक तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘मिशन मंगलले २०० करोडको आँकडा पूरा गरेको छ । यो अक्षय कुमारको पहिलो डबल सेञ्चुरी हो । २९ औँ दिनमा २०० करोड कमाएर अक्षय कुमारले आफ्नो सबैभन्दा ठूलो हिट दिएका छन् ।’

‘मिशन मंगल’ भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को मंगल अभियानको सत्य कथामा आधारित छ । चलचित्रमा अक्षयसँगै विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन् ।

‘मिशन मंगल’ १५ अगष्टमा प्रदर्शनमा आएको थियो । यसअघि स्वतन्त्रता दिवसको दिन सबैभन्दा धेरै कमाइ गर्ने सलमान खानको चलचित्र ‘एक था टाइगर’ थियो । सलमान–कटरीनाको चलचित्रको लाइफटाइम कलेक्शन १९८ दशमलव ७८ करोड थियो, जसलाई ‘मिशन मंगल’ले तोडेको छ

ताजा अपडेट

खोजी गर्नुहोस