‘ड्रीम गर्ल’ले कमायो एक दिन मै १०.५ करोड

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २८, शनिबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र २८, काठमाडौं । आयुष्मान खुराना र नुशरत भरूचाको बहुप्रतिक्षित चलचित्र ‘ड्रीम गर्ल’ले धमाकेदार शुरूआत गरेको छ । यस चलचित्रले प्रदर्शनको पहिलो दिन नै १०.५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

चलचित्रको ट्रेलर तथा प्रोमो देखेपछि यस चलचित्र निकै नै चर्चाको विषय बनेको थियो । यो चलचित्र शुक्रवार प्रदर्शनमा आएको हो । राज शान्डियल्यको निर्देशनमा बनेको यो चलचित्रले अहिले दर्शकलाई निकै कै जमाइरहेको छ ।

ट्रेड विश्लेषक तरण आदर्शका अनुसार, आयुष्मान खुरानाको चलचित्र ड्रीम गर्लले रिलिजको पहिलो दिन नै १०.५ करोड कमाएको हो । यससँगै आयुष्मानको यो चलचित्रले आफ्नै चलचित्रको रेकर्ड तोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस