भदौ २९ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले तिव्र विकासको गतिमा भक्तपुर नेपालकै नमुना जिल्लाको रुपमा स्थापित हुँदै गएको बताउँदै आगामी तीन चारवर्षभित्रमा भक्तपुर हेर्न तथा देखाउन लायक ठाउँको रुपमा विकसित हुने बताए ।
सूर्यविनायक नगपालिका वडा नं. ७ स्थित भौरवी आधारभुत विद्यालयको नेपाल सरकार राष्ट्रिय पुननिर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकास खुला किताब जस्तै भएकाले जनप्रतिनिधिले के के विकास भयो ? भनि विश्लेषण गरिरहनुपर्ने आवश्यकता नरहेको बताउँदै जनताको नजरमा विकासको इतिवृत्रान्त रहेको बताए ।
वर्तमान जनप्रतिनिधिले भक्तपुरको विकास गर्दिन भने पनि जनताले विश्वास नगर्ने बताउँदै सांसद बस्नेतले वर्तमान जनप्रतिनिधिले विकास र समृद्धिको ढोका खुल्ला गर्दै जनताको तिव्र विकास प्रतिको चाहना वर्तमान निर्वाचित जनप्रतिनिधि नै भएको बताए ।
भक्तपुरमा साना साना विकासका आयोजना मात्र नभई राष्ट्रिय गौरवका आयोजना समेत निर्माणको प्रत्रियामा रहेको आम भक्तपुरवासी नागरिकलाई स्पष्ट रहेको बताउँदै स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, आधुनिक सभागृह, सडक, ढल, खानेपानीलगायतका विकास कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार भइरहेको बताए ।
पर्यटकको आकर्षणको केन्द्र बन्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले अबका दिनमा विगतका कुराबाट पाठ सिक्दै वर्तमान समयको आवश्यकता तथा माग अनुसार उत्पादन, वितरण, रोजगारी, व्यवसायीकलगायतका कुराहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
भुकम्प पछि विद्यालयको क्षेत्रमा भक्तपुरले ठूलो सफलता हासिल गरेको बताउँदै उनले अब केही समयमा नै भक्तपुरका कुनै पनि सामुदायिक विद्यालय कच्चि भवनमा छैन, सबै पक्की तथा सुविधा सम्पन्न भवनमा सञ्चालित हुने समेत बताए । शिक्षामा भक्तपुरले ठूलो उपलब्धी हासिल गरेको बताउँदै उनले आगामी दिनमा भक्तपुरका सामुदायिक विद्यालयलाई प्राविधिक तथा सूचनामैत्री बनाउने प्रकृया अघि बढिसकेको जानकारी गराए ।