विप्लवका नेता जेलबाटै नेकपामा प्रवेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत इलामले उनलाई रु. एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस