पर्यटनमन्त्री भट्टराईले फोन गरेर ज्ञानेन्द्र शाहीलाई रिहा गराए

भाद्र ३०, काठमाडौं । आफैंले आयोजना गरेको पत्रकार सम्मेलनबाट प्रहरी नियन्त्रणमा परेका जुम्लाका ज्ञानेन्द्र शाही रिहा भएका छन् । उनको रिहाइका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रहरीलाई टेलिफोन गरेर आग्रह गरेका थिए । मन्त्री भट्टराईको कारण शनिबार नेपालगञ्जबाट काठमाडौं आउने विमान डिले भएको भन्दै आक्रोशित भएका शाही अन्ततः उनै मन्त्रीको टेलिफोनले रिहा भएका हुन् ।

मन्त्री भट्टराईका कारण काठमाडौं आउन लागेको बुद्धएयरको विमान डिले भएको भन्दै होहल्ला र हुलहुज्जत गरेका शाहीले सोही विषयमा आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । सो पत्रकार सम्मेलनमा तनावग्रस्त स्थिति भएपछि प्रहरी हस्तक्षेप गरेर उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि मन्त्री भट्टराईले नै उनलाई रिहा गरिदिन प्रहरीलाई टेलिफोन गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply