अनुमति नलिई निर्णय सार्वजनिक नगर्न तल्ला निकायलाई युवासंघ आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र ३१, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले आफ्ना संगठनका सदस्यहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरुमा धारणा वा निर्णयहरु सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिन आग्रह गरेका छन्।

विमान रोक्न लगाएको प्रकरणलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईकाे आलोचनामा उत्रिएका नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई धनुषा र कास्की जिल्लाका युवा संघले निषेध गरेको भन्दै सार्वजनिक रुपमा वक्तव्य जारी गरेको पृष्ठभूमिमा दीपशीखाले त्यस्तो आग्रह गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस