राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : परराष्ट्रमन्त्री ज्ञवाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ३१, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताएका छन् ।

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराए ।

पूर्व सांसद मञ्च, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइएको दावी गरे ।

मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा जोड दिएको बताए । उनले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस