‘ड्रिम गर्ल’को व्यापार उत्साहजनक, चार दिनमै ५२ करोड कमायाे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ३१, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३१, काठमाडौं । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘ड्रिम गर्ल’ले भारतीय बक्स अफिसमा उत्साहजनक व्यपार गरेको छ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले चार दिनमा ५२ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

पहिलो दिन शुक्रबार १०.०५ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शनिबार १६.६२ करोड, तेस्रो दिन आइतबार १८.१० करोड र चौथो दिन सोमबार ७.७३ करोडको व्यापार गरेको छ।

 

राम्रो ‘माउथ पब्लिसिटी’ का कारण चलचित्रको व्यापारमा सहयोग पुगेको बताइएको छ। चलचित्र विश्लेषकहरुले पनि चलचित्रको प्रशंसा गरेका छन्।

राज शाडिल्यको निर्देशनमा बनेको चलचित्रमा आयुष्मानसहित नुशरत भरुचा, अन्नु कपुर, अभिषेक बनर्जी र विजयराज लगायतको मुख्य अभिनय रहेको छ। चलचित्रमा केटीको आवाजमा कुरा गर्ने एक युवाको कथा देखाइएको छ।

आयुष्मानले केही समयअघि चलचित्र ‘अन्धाधुन’मा गरेको उत्कृष्ट अभिनयका लागि ‘नेशनल अवार्ड’ समेत पाएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस